समाज

यसरी मनाइँदैछ पहिलोपटक गधा दिवस

इकागज |
बैशाख २५, २०७९ आइतबार ८:५७ बजे

काठमाडौं– आज मे ८, अर्थात गधा दिवस नेपालमा पहिलोपटक मनाइँदै छ ।

गधा दिवस मनाइने घोषणासँगै एनिमल नेपाल नामक संस्थाले यो दिवस मनाउने तयारी गरेको हो । संस्थाले सरोकारवाला निकाय, नागरिक समाजसँगको सहकार्य तथा समन्वयमा यो दिवस मनाउँदैछ । दिवस सप्ताहव्यापी हुनेछ ।


गधा, घोडा, खच्चरलाई यातायातको साधनका रुपमा प्रयोग गरिन्छ । मान्छेलाई गन्तव्यमा पुर्‍याउने तथा सामान ढुवानीका लागि घोडा, गधा तथा खच्चरको प्रयोग गरिन्छ ।

सामान्यतया ः नेपालमा गधा भन्नेवित्तिकै नराम्रो दृष्टिले हेरिन्छ । काम ठग प्रवृत्ति भएकालाई गधा भनेर गाली गरिन्छ । यो दिवसमा एनिमल नेपालले नेपाली समाजमा यसरी होच्याएर गधाको नाम लिइ गरिने गालीको अन्त्य हुनुपर्ने मागसमेत राखेको छ ।

साथै, गधा दिवस मनाउन थालिएसँगै नेपाली समाजमा गधा, घोडा तथा खच्चरले मानवीय जीवनमा सघाएको काम तथा उनीहरुले गरेको योगदानको कदर गर्नुपर्ने समेत माग राखिएको छ ।

गधाको अवमूल्यन गर्न नहुने माग गर्दै यो वर्षदेखि सप्ताहव्यापी रुपमा दिवस मनाउन थालिएको संस्थाले जनाएको छ । संस्थाका अनुसार हाल ५० हजारभन्दा बढी घोडा, गधा तथा खच्चर नेपालमा सामान ढुवानीका लागि प्रयोग गरिदै आएको छ ।
 


Author

थप समाचार
x