समाज

विकृतिको भयाभह रुप : बुवाबाटै बलात्कृत छोरीले छोरा जन्माइन् !

बिक्रम खड्का |
चैत १५, २०७७ आइतबार १४:३७ बजे

बुटवल : आफ्नै बुवाबाट बलात्कारको सिकार भएकी किशोरीले बच्चा जन्माएकी छन् । गुल्मीकी ती किशोरीले आइतबार अस्पतालमा छोरा जन्माएकी हुन् ।

अन्दाजी ६५ वर्षका पुरुषले आफ्नै १४ वर्षीया छोरीलाई पटकपटक बलात्कार गर्दै आएको केही समयअघि सार्वजनिक भएको थियो। पीडित बालिकाकै आमाले दिएको जाहेरी अनुसार प्रहरीले बलात्कारमा संलग्न बुवालाई शुक्रबार मात्रै नियन्त्रणमा लिएको थियो ।


पीडित किशोरीले स्थानीय अस्पतालमा छोरा जन्माएको र पछिल्लो समय शिशु र आमाको स्वास्थ्य सामान्य रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी पुरुषोत्तम पाण्डेले जानकारी दिए । 

पीडित र पीडकको वयानका आधारमा धेरै कुरा पुष्टि भएको र थप अनुसन्धानका लागि डीएनए परीक्षणको तयारी पनि भइरहेको डिएसपी पाण्डेले जानकारी दिए ।

पेटमा गर्भ रहेर पनि विद्यालयमा गइरहेको र खुट्टा सुन्निएको देखेपछि शिक्षकले स्वास्थ्य चेकजाँच गराउदा वास्तविकता बाहिर आएको गुल्मी प्रहरीले जानकारी दिएको छ । पीडित परिवारको आर्थिक अवस्था कमजोर रहेकाले सहयोग संकलन प्रयास भइरहेकाे छ ।


Author

बिक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x