खेलकुद

हेल्प नेपालले जित्यो एनभिए भलिबल च्याम्पियनसिपको उपाधि

इकागज |
चैत १०, २०८० शनिबार १९:१५ बजे

काठमाडौँ- एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको उपाधि टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबले जितेको छ ।

शनिबार निकै रोमाञ्चक फाइनलमा विभागीय त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै टिप टप हेल्प नेपालले उपाधि जितेको हो । टिप टप हेल्प नेपालले आर्मीलाई ३-२ को सेटमा पराजित गरेको हो ।


त्यस्तै प्रतियोगिताको महिलातर्फको उपाधि एभरेस्ट भलिबल क्लबले जितेको छ । शनिबार भएको फाइनलमा एभरेस्ट भलिबल क्लबले साविक विजेता नेपाल पुलिस क्लबलाई ३-१ को सोझो सेटमा हरायो । दुवैतर्फको विजेता टोलीले ५ लाख, दोस्रो टोलीले २ लाख प्राप्त गरेको छ ।


Author

थप समाचार
x