खेलकुद

इंग्ल्यान्डका बलर आर्चरले यस वर्षकै कुनै पनि टेस्ट क्रिकेट खेल्न नसक्ने

इकागज |
चैत २४, २०८० शनिबार १०:२६ बजे

काठमाडौँ- इंग्ल्यान्डका फास्ट बलर जोफ्रा आर्चरले सन् २०२४ मा कुनै पनि टेस्ट क्रिकेट खेल खेल्न नसक्ने भएका छन् ।

हातको चोटका कारण सन् २०२३ को मार्चदेखि कुनै पनि फर्म्याटको क्रिकेट नखेलेका आर्चरलाई कम्तिमा पनि सन् २०२४ सम्म टेस्ट टिममा नराखिने इंग्ल्यान्ड क्रिकेट टिमका प्रबन्ध निर्देशक रब कीले बताएका हुन् ।


तर यसै वर्षको जुनमा अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने आईसीसी टी-ट्वान्टी क्रिकेट विश्वकपमा आर्चरले खेल्न सक्न सम्भावना बलियो रहेको रबले बताए । टी-ट्वान्टी विश्वकप आगामी जुन १ तारिखबाट सुरु हुँदैछ ।

रबले जनाएअनुसार आर्चरले आगामी वर्ष भारत र अस्ट्रेलियाविरुद्धको टेस्ट सिरिज भने खेल्ने सक्ने सम्भावना रहेको छ ।

सन् २०१९ मा इंग्ल्यान्डले एकदिवसीय क्रिकेट विश्वकप जित्दा फाइनलमा न्यूजिल्यान्डविरुद्ध आर्चरले उत्कृष्ट बलिङ गरेका थिए ।

तर घाइते भइरहेका कारण उनले खेल्ने खासै मौका पाएका छैनन् । उनले सन् २०२१ को फेब्रुअरीमा अन्तिम पटक टेस्ट क्रिकेट खेलेका थिए ।


Author

थप समाचार
x