खेलकुद

प्रिमियर लिग : आर्सनललाई फेरि शीर्ष स्थानमा उक्लिने मौका

इकागज |
चैत २४, २०८० शनिबार १५:४५ बजे

काठमाडौँ- इंग्लिस प्रिमियर लिगअन्तर्गत आर्सनलले आज राति ब्राइटनको सामना गर्दैछ ।

आर्सनल र ब्राइटनबीचको फुटबल खेल नेपाली समयअनुसार आज राति १०:१५ बजेबाट सुरु हुने तालिका रहेको छ ।


ब्राइटनविरुद्ध मैदानमा उत्रदा आर्सनलसँग तालिकाको शीर्ष स्थानमा उक्लिने अवसर हुनेछ ।

अहिलेको अवस्थामा शीर्ष स्थानको लिभरपुलको ३० खेलमा  ७० अंक छ भने समान ३० खेल खेलेको आर्सनलको ६८ अंक छ ।

यता आजै क्रिस्टल प्यालेसविरुद्ध मैदानमा उत्रने तयारी गरेको साविक विजेता म्यानचेस्टर सिटीको भने ३० खेलमा ६७ अंक छ ।

आज राति आर्सनलले जित हात पारेको खण्डमा ७१ अंकसहित शीर्ष स्थानमा उक्लिने छ । यता ३० खेलबाट ४३ अंक हात पारेको ब्राइटनले आर्सनललाई पराजित गरे सातौं स्थानमा उक्लिने छ ।


Author

थप समाचार
x