खेलकुद

तेस्रो युरोमा पनि गोल विहिन बेन्जेमा

इकागज |
असार ६, २०७८ आइतबार १७:४१ बजे

काठमाडौँ: करिम बेन्जेमाले यसै युरोबाट फ्रान्सको राष्ट्रिय टिममा पुनरागमन गरे । बेन्जेमा सन् २०१५ देखि फ्रान्सको टिमबाट बाहिर थिए । जारी युरो २०२० मा भने ड्रिडियर डेस्चाम्पसले रियल म्याड्रिडका ३३ वर्षिय स्ट्राइकरलाई फ्रेन्च अग्रपंक्तिको जिम्मा दिएका छन् । 

बेन्जेमाले युरो २००८ र २०१२ को युरो पनि खेलेका थिए । तर ती दुवै युरोमा बेन्जेमाले गोल गरेनन् । यसपटक पनि युरोमा बेन्जेमाले गोल गर्न सकेका छैनन् । बेन्जेमाले जर्मनीविरुद्ध ८९ मिनेट खेले । हंगेरीसँगको बराबरीमा पनि बेन्जेमा पहिलो एघारमै थिए । 


तीन युरोमा गरी बेन्जेमाले कुल आठ खेल खेलेका छन् । र, ती खेलमा उनले कुल ३० सट प्रहार छन् । तर महादेशिय प्रतियोगितामा उनले गोलको खाता खोल्न सकेका छैनन् । युरोमा उनीभन्दा धेरै सट प्रहार गर्ने तर गोल गर्न नसक्ने दुई खेलाडी छन्, क्लेरेन्स सेड्रोफ र आन्द्रेस इनिएस्टा । सेड्रोफले युरोमा ३० सट प्रहार गरेका छन् भने इनिएस्टाले ३४ सट प्रहार गरेका छन् । 

बेन्जेमाले गोल गर्न नसकेपनि उनको समग्र प्रदर्शनबाट आफू सन्तुष्ट रहेको फ्रान्सका प्रशिक्षक डेस्चाम्पसले बताएका छन् । ‘बेन्जेमा अनुभवी खेलाडी हुन् । युरोमा उनको प्रदर्शन सन्तोषजनक छ । तर उनले गोल गर्न नसकिरहेका छैनन् । यो यथार्थ हो । स्ट्राइकर भएपछि गोल गर्नुपर्छ भन्ने उनलाई पनि थाहा छ । गोल गर्न आत्मविश्सास चाहिन्छ । उनीसँग आत्मविशवास छ । र, उनमिाथि मेरो भरोसा पनि छ,’ डेसम्पसले भनेका छन् । 

जारी युरोमा फ्रान्स समूह ‘एफ’को पहिलो स्थानमा छ । समूहका सबै टिमले समान दुई खेल्दा फ्रान्सले चार अंक बनाएको छ भने जर्मनी र पोर्चुगलको तीन–तीन अंक छ । त्यसैगरी हंगेरीको एक अंक छ । फ्रान्सलाई शनिबार बराबरीमा रोकपछि हंगेरीले अंकको खाता खोलेको हो ।    


Author

थप समाचार
x