विश्व

रुस सन् २०२८ सम्म अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनको हिस्सा हुनेछ : नासा

इकागज |
साउन १२, २०७९ बिहीबार ८:२२ बजे

मस्को- आफ्नो स्टेसन नबनुन्जेल मस्को कम्तीमा सन् २०२८ सम्म अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनको हिस्सा रहने अपेक्षा गरेको अमेरिकी अन्तरिक्ष निकाय नासाका एक वरिष्ठ अधिकारीले बताएका छन् ।

रुसी अन्तरिक्ष अधिकारीहरूले आफ्ना अमेरिकी समकक्षहरूलाई यस्तो जानकारी दिएको नासाका अधिकारीले बताए । 


नासाका अन्तरिक्ष अपरेसनका प्रमुख क्याथी लुएडर्सले एक अन्तर्वार्तामा रुस सन् २०२८ सम्म अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनको हिस्सा रहने बताए ।

‘हामीले कुनै पनि परिवर्तन भएको संकेत पाएका छैनौं’, लुएडर्सले रोयटर्सलाई भने, ‘रोसकोसमोससँग नासाको सम्बन्ध सामान्य रूपमा रहन्छ । 

मंगलबार मात्र रुसको अन्तरिक्ष एजेन्सी रोजकोसमोसका नवनियुक्त महानिर्देशक युरी बोरिसोभले मस्कोले ‘२०२४ पछि’ लामो समयदेखिको अन्तरिक्ष स्टेसन साझेदारी अन्त्य गर्ने योजना बनाएको घोषणा गरेका थिए । उनको घोषणाले नासा आश्चर्य चकित भएको थियो । एजेन्सी
 


Author

थप समाचार
x