विश्व

फिनल्याण्डकी प्रधानमन्त्री मारिनले गरिन् ड्रग टेस्ट

इकागज |
भदौ ४, २०७९ शनिबार १२:१८ बजे

काठमाडौं – फिनल्याण्डकी प्रधानमन्त्री सान्ना मारिनले शुक्रबार ड्रग टेस्ट गरेकी छन् । साथीहरूसँग पार्टी गरेको भिडियो फुटेज सार्वजनिक भएपछि उनी विवादमा तानिएकी थिइन् ।

भिडियो फुटेजमा मदिरामा मस्त देखिएकी उनले लागूपदार्थ सेवन गरेको आशंका गरिएको थियो । विशेष गरी विपक्षी दलका नेताहरुले उनले लागूपदार्थ सेवन गरेको भन्दै परीक्षणको माग गरेका थिए । तर मारिनले आफूले  लागूपदार्थ सेवन नगरेको दाबी गर्दै आएकी छन् ।तर मारिनले मदिरा पिएकाे भने स्वीकार गरेकी छन् । उनले कहिल्यै आफूले लागूपदार्थ प्रयोग नगरेको कुरा पनि दोहोर्याएकी थिइन् । 


भिडियो सामाजिक सञ्जाल र मिडियामा व्यापकरूपमा फैलिएपछि व्यापक रुपमा उनको आलोचना भएको थियो ।  ‘यी आरोपहरूलाई मैले अत्यन्तै गम्भीर मानेकी छु र लागूऔषध परीक्षणको मागलाई अन्यायपूर्ण ठान्छु’ उनले भनिन् ।

आफ्नै कानुनी सुरक्षाका लागि गरिएको उक्त परीक्षणको नतिजा एक हप्तामा आउने उनले बताएकी छन् । आफू साथीहरूसँग निजी परिसरमा साँझ बिताउँदै गर्दा उक्त भिडियो बनाएको कुरा उनले पहिले नै बताएकी थिइन् । 


Author

थप समाचार
x