विश्व

इरानमा अतिवादी हमला, कम्तीमा १२ जनाको मृत्यु

एजेन्सी |
कात्तिक ११, २०७९ शुक्रबार ६:३८ बजे

तेहरान- इरानको दक्षिणी  सहर सिराजमा भएको अतिवादी हमलामा परी कम्तीमा पनि १२ जनाको ज्यान गएको छ ।

बुधबार उक्त सहरको एक धार्मिकस्थलमा अतिवादीले विस्फोट गराउँदा १२ जनाको मृत्यु भएको र २० जना घाइते भएका सरकारले जनाएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ ।


मारिनेमा एकजना महिला र अरू दुई बालबालिका छन् । सो धार्मिकस्थलमा रहेका सुरक्षाकर्मीलाई लक्ष्य गरेर हमला गरिएको बताइएको छ । आक्रमणमा संलग्न  तीन जनामध्ये एकलाई प्रहरीले हिरासतमा लिएको छ ।

आक्रमणको  प्रहरीले अनुसन्धान गरेको छ । 
 


Author

थप समाचार
x