विश्व

च्याटजिपिटी निर्माता ओपनएआईविरुद्ध एलन मस्कले मुद्दा हाल्दै

इकागज |
फागुन १९, २०८० शनिबार १०:४६ बजे

काठमाडौँ- एनल मस्कले च्याटजिपिटी निर्माता ओपनआईविरुद्ध मुद्दा हाल्ने तयारी गरेका छन् । 

सन् २०१५ मा ओपनआईलाई स्थापना गर्ने क्रममा आफूले सहयोग गर्दा स्विकार गरिएका सिद्धान्तहरू उल्लङ्घन गरेको भन्दै मस्कले ओपनआईविरुद्ध मुद्दा दर्ता गर्न लागेको बीबीसीले जनाएको छ ।


ओपनएआई मालिक साम अल्टम्यानविरुद्ध पनि दायर गरिएको मुद्दामा ओपनआईले आफ्नो मूल गैर-नाफा, खुला स्रोत उदेश्यबाट बाहिरिएको दावी गरिएको छ ।

कम्पनीले 'मानवतालाई फाइदा पुर्‍याउने' प्रयास गर्नुको सट्टा यसले प्रमुख लगानीकर्ता माइक्रोसफ्टको लागि 'अधिकतम नाफा' मा ध्यान केन्द्रित गरिरहेको मस्कको दावी छ ।


Author

थप समाचार
x