विश्व

चीन-अमेरिका व्यापार बलियो बनाउन चिनियाँ उपराष्ट्रपतिको आग्रह

इकागज |
फागुन १९, २०८० शनिबार १९:५३ बजे

बेइजिङ- चिनियाँ उपराष्ट्रपति हान झेङले शुक्रबार चीन र संयुक्त राज्य अमेरिकाका व्यापारिक व्यक्तित्वहरूसँग भेटघाट गरेका छन् । सो अवरसमा उनले दुई देशका व्यापारिक संयन्त्रलाई मित्रता र आपसी विश्वासको जग बलियो बनाउन र सहयोगका क्षेत्रहरू थप विस्तार गर्न आह्वान गरेका छन् ।

बेइजिङमा आयोजित अमेरिकी चेम्बर अफ कमर्स इन द पिपल्स रिपब्लिक अफ चाइनाको वार्षिक प्रशंसा भोजलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।


यस वर्ष चीन र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ४५ औँ वार्षिकोत्सव भएको स्मरण गर्दै हानले दुई देशका व्यापारिक सर्कलहरू द्विपक्षीय सहयोगका सहभागी, साक्षी र योगदानकर्ता रहेको र भविष्यमा पनि उनीहरूको भूमिका महत्त्वपूर्ण हुने बताए ।

उपराष्ट्रपतिले चिनियाँ अर्थतन्त्रमा बलियो लचिलोपन, सम्भावना र  थुप्रै ठाउँ रहेको र नयाँ सम्भावनाका साथ अझै बढिरहेको बताएका छन् ।

चीनले उच्च स्तरमा खुलापन विस्तार गर्ने, विदेशी लगानीको पहुँचको नकारात्मक सूचीलाई घटाउने, विदेशी उद्यमहरूलाई प्रभावकारी रूपमा राष्ट्रिय व्यवहारको ग्यारेन्टी गर्ने र बजारमुखी, कानुनमा आधारित र अन्तर्राष्ट्रिय व्यापार वातावरणलाई थप अवसरहरू उपलब्ध गराउने छ ।

उपराष्ट्रपति हानले थप अमेरिकी कम्पनीहरूलाई चीनमा लगानी गर्न आग्रह गरेका छन् । सिन्ह्वा


Author

थप समाचार
x