विश्व

बंगलादेशमा थप एक हप्ता ‘कडा लकडाउन’ हुने

इकागज |
असार २१, २०७८ सोमबार १९:२९ बजे

ढाका : बंगलादेशमा लागु भइरहेको कडा लकडाउन फेरि एक हप्ताका लागि थप गरिएको छ । बंगलादेश सरकारले लकडाउन थप गर्ने निर्णय सोमबार गरेसँगै बंगलादेशमा यही जुलाई १४ तारिखसम्म लकडाउन लागु हुने भएको छ ।

कोभिड-१९ को महामारी नियन्त्रणमा आइनसकेकाले लकडाउनलाई कडा बनाउँदै निरन्तरता दिनु परेको सरकारी अधिकारीहरूले जनाएका छन् । 
सरोकारवाला तथा विज्ञहरूसँग परामर्श गर्दा उनीहरूले अझै पनि लकडाउन थप्नुपर्ने सुझाव दिएकाले लकडाउनलाई निरन्तरता दिने निर्णय गरिएको सरकारले जनाएको छ । 


कोभिडको महामारी नियन्त्रण गर्न भन्दै बङ्गलादेशमा यही जुलाई १ देखि सात दिने कडा लकडाउन घोषणा गरिएको थियो ।  बङ्गलादेशमा गत आइतबार कोरोनाभाइरसका कारण एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरैको मृत्यु भएको छ । सरकारी अधिकारीका अनुसार आइतबार एकैदिनमा बङ्गलादेशमा कोरोनाका कारण १५३ जनाको मृत्यु भएको छ ।

मृतकको सङ्ख्या अत्यधिक बढेपछि कडा लकडाउन लगाउन बाध्य हुनुपरेको सरकारी अधिकारीहरूले बताउने गरेका छन् । बङ्गलादेशमा कोरोनाका कारण अहिलेसम्म १५ हजार ६५ जनाको मृत्यु भएको छ । 

त्यसैगरी बङ्गलादेशमा कोरोनाका कारण अहिलेसम्म नौ लाख ४४ हजार ९१७ जना सङ्क्रमित भएका छन् । तीमध्ये आठ हजार ६६१ जना पछिल्लो २४ घण्टामा थपिएका जनाइएको छ । (रासस)
 


Author

थप समाचार
x