विश्व

नाइजेरियामा अपहरित २८ विद्यार्थी मुक्त

इकागज |
साउन ११, २०७८ सोमवार २०:५९ बजे

अबुजा - नाइजेरियाको उत्तरपश्चिमी राज्य कादुनामा रहेको माध्यमिक विद्यालयबाट बन्दुकधारीले अपहरण गरेका २८ विद्यार्थी मुक्त भएका यहाँका प्रहरी स्रोतले आइतबार पुष्टि गरेको छ । विद्यार्थीलाई शनिवार राति मुक्त भएका परिवारको साथ पुनर्मिलनको व्यवस्था भइरहेको कादुना राज्यमा प्रहरी प्रवक्ता मोहम्मद जालिगेले आइतबार बिहान टेलिफोनमार्फत् बताएका छन् । 

सामान्यतया, उनीहरूले प्रियजनहरूसँग पुनर्मिलनपछि स्वास्थ्य उपचार गराइने पनि जलिगेले बताए । गत जुलाई ५ मा कादुनाको बेथेल ब्याप्टिस्ट हाईस्कूलबाट अपहरणकारी विद्यार्थीहरूको ठूलो सङ्ख्यामा अज्ञात बन्दुकधारीले आक्रमण गरेका थिए ।


जलिगेले पीडितलाई कसरी मुक्त गरियो वा उनीहरूको रिहाइमा फिरौती पनि सङ्लग्न छ भन्ने बारेमा टिप्पणी गर्न अस्वीकार गरेका छन् । बिहीबार नाइजेरियाली प्रहरीले दिएको जानकारी अनुसार शुरुमा बन्दुकधारीले अपहरण गरेका दुई बिद्यार्थीलाई रिहा गरेका थिए ।

बाँकी २६ विद्यार्थीलाई नाइजेरियाको सेना, प्रहरी र नौसेनाको संयुक्त टोलीले सुरक्षित रूपमा बचाउन सफल भएको थियो (रासस)


Author

थप समाचार
x