क्रिकेट

मैले जानाजान तेन्दुलकरलाई घाइते बनाउन खोजेको थिएँ: शोएब अख्तर

इकागज | जेठ २२, २०७९

काठमाडौँ – सन् २००६ मा भारतले टेस्ट क्रिकेट सिरिजका लागि पाकिस्तानको भ्रमण गरेको थियो । तर सिरिज अन्तर्गतको कराँचीमा भएको तेस्रो खेलका क्रममा भारतीय ब्याट्सम्यान सचिन तेन्दुलकरलाई आउट गर्ने नभइ उनीमाथि प्रहार गरेर घाइते बनाउन खोजेको पाकिस्तानका पूर्व फास्ट बलर शोएब अख्तरले खुलासा गरेका छन् ।

स्पोर्टसकिडासँगको अन्तर्वार्ताका क्रममा आक्रामक स्वभावका लागि चर्चित अख्तरले आफ्नो मनसाय तेन्दुलकरलाई आउट गर्नुको साटो उनलाई चोट पुर्‍याउनु रहेको स्वीकार गरेका हुन् ।

‘म यो पहिलो पटक खुलासा गर्दैछु । म जानाजान त्यो टेस्ट खेलमा सचिनलाई प्रहार गर्न चाहन्थें । मैले कुनै पनि हालतमा त्यो टेस्टमा सचिनलाई चोट पुर्‍याउनै पर्ने दृढ संकल्प लिएको थिएँ,’ अख्तरले भने । 

इन्जमामले विकेटको अगाडि बलिङ गर्न आग्रह गरिरहे पनि आफूले सचिनलाई हिर्काउन चाहेको बताउँदै अख्तरले सचिनको हेलमेटमा बल फालेपछि आफ्नो उदेश्य पुरा भएजस्तो लगेको बताए । 

‘तर जब मैले भिडियो हेरेँ, सचिनले आफ्नो टाउको बचाएको देखेँ,’ अख्तरले थपे । उक्त खेल पाकिस्तानले ३४१ रनले जितेको थियो भने सिरिज पनि १-० ले हात पारेको थियो ।

नेपाल ८ रनमा अलआउट

इकागज | जेठ २१, २०७९

काठमाडौँ – आईसीसी यू-१९ महिला टी-ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत नेपालले दोस्रो खेलमा युएईविर...

आईसीसी यू-१९ महिला टी-ट्वान्टी विश्वकप छनोट : ८ रन बनाउँदा नेपालको ९ विकेट झर्‍यो

इकागज | जेठ २१, २०७९

काठमाडौँ – आईसीसी यू-१९ महिला टी-ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत नेपालले दोस्रो खेलमा युएईवि...