क्रिकेट

नेपालले दियो हङकङलाई ११० रनको लक्ष्य

इकागज | असार ७, २०७९

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसीप अन्तर्गत नेपालले हङकङले जितका लागि १ सय १० रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गर्दै नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९ रन जोड्यो । 

नेपालका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक ३२ रन, अप्सरी बेगमले २२ रन, विन्दु रावलले २३, सिता रानामगरले ९, ममता चौधरीले ७ र कविता जोशीले ४ रन बनाए । 

हङकङका लागि बेट्टी चनले २ विकेट तथा एलायसा हुवार्ड र मर्यम बिबिले १-१ विकेट लिए । 

नेपाल यस अघि लगातार तीन खेल जित्दै सेमिफाइनलमा प्रवेश गरिसकेको छ । 
 

एसीसी महिला टी-ट्‌वान्टी : नेपाल र हङकङ खेल्दै, समूह विजेता बन्‍ने अवसर

इकागज | असार ७, २०७९

काठमाडौँ- नेपालले राष्ट्रिय महिला क्रिकेट टोलीले एसीसी महिला टी-ट्‍वान्टी च्याम्पियनसिपअन्तर्गत मं...

एसीसी महिला टी-ट्वान्टीः सेमिफाइनल पुग्न नेपाललाई १५ रनको आवश्यकता

इकागज | असार ६, २०७९

काठमाडौँ - एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसीपको सेमिफाइनल प्रवेश नेपाललाई बहराइनविरुद्ध १५ रनको आवश्य...

के बटलरले भनेझै एकदिवसीयको एकै इनिङ्समा ५०० रन बन्‍न सम्भव छ ?

इकागज | असार ४, २०७९

काठमाडौँ – इंग्ल्यान्ड क्रिकेट टिमका ब्याट्सम्यान जोस बटलरले एकदिवसीय अन्तर्राष्ट्रियमा खेलको एकै इनिङ्...

एसीसी टी-ट्वान्टीः नेपालको उत्कृष्ट सुरुवात, संगिताले लिइन् ४ विकेट

इकागज | असार ३, २०७९

काठमाडौँ – मलेसियामा शुक्रबारबाट सुरु भएको एसीसी महिला टी-ट्वान्टी च्याम्पियनशीपमा नेपालले उत्कृष्...