क्रिकेट

वेस्ट इन्डिजविरुद्धको सिरिजका लागि शिखर कप्तान चयन

इकागज | असार २२, २०७९

काठमाडौँ – वेस्ट इन्डिजविरुद्धको एकदिवसीय सिरिजका लागि भारतले शिखर धवनलाई कप्तान चयन गरेको छ । भारतले घरेलु टोली वेस्ट इन्डिजविरुद्ध तीन खेलको एकदिवसीय सिरिज खेल्दैछ । 

पहिलो एकदिवसीय जुलाई २२, दोस्रो जुलाई २४ र अन्तिम खेल जुलाई २७ मा हुनेछ । एकदिवसीय सिरिजपछि भारतले वेस्ट इन्डिजविरुद्ध ५ खेलको टी-ट्वान्टी सिरिज समेत खेल्नेछ । 

एकदिवसीय सिरिजका लागि भारतले युवा खेलाडीहरुलाई मौका दिएको छ । भारतीय टिममा कप्तान शिखरसँगै श्रेयश ऐयर, अक्सर पटेल, रुतुराज गाइक्वाड, इशान किशन, आभेश खान, शुवमन गिल, सन्जु सामसन, प्रसिद्ध कृष्ण, दिपक हुड्डा, रविन्द्र जडेजा, मोहमद सिराज, सूर्यकुमार यादव, सर्दुल ठाकुर, अर्शदिप सिंह र युजवेन्द्र चहल रहेका छन् ।
 

सात खेलको टी-ट्वान्टी सिरिजका लागि इंग्ल्यान्डले पाकिस्तान भ्रमण गर्ने

इकागज | असार २२, २०७९

काठमाडौँ – इंग्ल्यान्डले सात खेलको टी-ट्वान्टी सिरिजका लागि पाकिस्तानको भ्रमण गर्ने भएको छ । सेप्टेम्...

लंका प्रिमियर लिगः सन्दीप डम्बुलाबाट खेल्ने, अन्य विदेशी खेलाडी को-को परे ?

इकागज | असार २२, २०७९

काठमाडौँ - नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले श्रीलंकाको लंका प्रिमियर लिग (एलपीएल)...

भारत-इंग्ल्यान्डबीचको खेलका क्रममा भारतीय समर्थकमाथि दुर्व्यवहार

इकागज | असार २१, २०७९

काठमाडौँ – पाहुना टोली भारत र इंग्ल्यान्डबीच जारी पाँचौँ टेष्ट क्रिकेट खेलका क्रममा एजबास्टन मैदान...

इंग्ल्यान्ड-भारत टेष्टः विश्वासकै भरमा ऐतिहासिक जित उन्मुख इंग्ल्यान्ड

इकागज | असार २१, २०७९

बर्मिङ्घम - जब विश्वास नै तिम्रा लागि सबथोक छ, तिमीलाई केवल विश्वास चाहिन्छ ।  खासमा भारतविरुद्ध...

नेपालले ओन्टारियोलाई पराजित गर्दा रोहित र दिपेन्द्रको विष्फोटक ब्याटिङ

इकागज | असार २०, २०७९

काठमाडौँ – क्यानाडा भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले ओन्टारियो क्लबविरुद्धको टी-ट्वान्टी अभ्यास खे...

नेपालले क्यानाडाको ओन्टारियोविरुद्ध टी-ट्वान्टी अभ्यास खेल खेल्दै

इकागज | असार १९, २०७९

काठमाडौँ - क्यानाडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज स्थानीय क्लब ओन्टारियोविरुद्ध टी-ट्वान्ट...