क्रिकेट

भारतले गर्‍यो वेस्ट इन्डिजविरुद्धको सिरिज 'क्लिन स्विप'

इकागज | साउन १२, २०७९

काठमाडौँ – घरेलु टोली वेस्ट इन्डिजविरुद्धको तीन खेलको एकदिवसीय सिरिज भारतले 'क्लिन स्विप' गरेको छ । तेस्रो तथा अन्तिम खेल १ सय १९ रनले जित्दै पाहुना टोली भारतले सिरिज क्लिन स्विप गरेको हो । यसअघि भारतले पहिलो खेल ३ रन तथा दोस्रो खेल २ विकेटल जितेको थियो ।

बुधबार राति वर्षाले प्रभावित तेस्रो खेलमा डकवर्थ लेविस (डिएल) मेथडका आधारमा वेस्ट इन्डिजले निर्धारित ३५ ओभरमा भारतबाट पाएको २ सय ५७ रनको लक्ष्य पाएको थियो । तर सो लक्ष्य पछ्याउने क्रममा वेस्ट इन्डिज २६ ओभरमा १ सय ३७ रनमै अलआउट भएको थियो । वेस्ट इन्डिजका लागि ब्रान्डन किंग र कप्तान निकोलास पुरनले समान ४२-४२ रन जोडे ।

भारतका लागि युजवेन्द्र चहलले सर्वाधिक ४ तथा मोहम्मद सिराज र शर्दुल ठाकुरले समान २-२ विकेट लिए ।

यसअघि वर्षाका कारण ३६ ओभरमा मात्र ब्याटिङ गरेको भारतले ३ विकेट गुमाएर २ सय २५ रन जोडेको थियो । भारतका लागि सुवमन गिलले अविजित ९८ रन तथा कप्तान शिखर धवनले ५८ रनको योगदान गरे ।

वेस्ट इन्डिजका लागि हायडेन वाल्सले २ तथा अकिल होसेनले १ विकेट हात पारे ।

 

फ्रान्सेली ब्याट्सम्यान गुस्तभले कायम गरे विश्व कीर्तिमान

इकागज | साउन १०, २०७९

काठमाडौँ – फ्रान्सेली ब्याट्सम्यान गुस्तभ माइककेओनले टी-ट्वान्टी अन्तर्राष्ट्रियमा विश्व कीर्तिमान कायम ग...

डेल स्टेन, विरेन्द्र सहेवागसँगै पारस खड्काले लिजेन्ड्स लिग खेल्ने

इकागज | साउन ८, २०७९

काठमाडौँ – पूर्व नेपाली राष्ट्रिय क्रिकेटर पारस खड्काले लिजेन्ड्स लिग क्रिकेट खेल्ने भएका छन् । भारतम...