क्रिकेट

बेन स्टोक्सले लिए एकदिवसीय क्रिकेटबाट सन्यास

इकागज | साउन २, २०७९

काठमाडौँ – इंग्ल्यान्ड क्रिकेट टिमका अलराउन्डर बेन स्टोक्सले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । क्रिकइन्फोले जनाए अनुसार स्टोक्सले दक्षिण अफ्रिकाविरुद्धको पहिलो एकदिवसीय खेलपछि सन्न्यास लिने भएका हुन् ।

इंग्ल्यान्डले पाहुना टोली दक्षिण अफ्रीकाविरुद्ध ३ खेलको एकदिवसीय सिरिज खेल्दैछ । पहिलो खेल मंगलबार हुनेछ । सोही खेल उनका लागि अन्तिम एकदिवसीय खेल हुनेछ ।

उनले क्रिकेटको तीनवटै फर्म्याट आफ्ना लागि अनुकुल नभएको समेत बताए । स्टोक्सले इंग्ल्यान्डका लागि १ सय ४ एकदिवसीय खेल्दै २ सय ९ सय १९ रन जोडेका छन् । उनले ७४ विकेट समेत हात पारेका छन् ।

आईसीसीले पर्याप्त खेलको व्यवस्था गरेनः आयरल्यान्डका कप्तान बालबिर्नी

इकागज | असार ३२, २०७९

काठमाडौँ – आयरल्यान्ड क्रिकेट टिमका कप्तान एन्डी बालबिर्नीले इन्टरनेसनल क्रिकेट काउन्सिल (आईसीसी) ले...

नामिबियाविरुद्ध भिड्दा अमेरिकासँगको दूरी घटाउने लक्ष्यमा नेपाल

इकागज | असार ३२, २०७९

काठमाडौँ – स्कटल्यान्ड भ्रमणमा रहेको नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्...

‘कोहली उत्कृष्ट ब्याट्सम्यान भएको कुरा पुनः आश्वास्त पार्नु आवश्यक छैन’

इकागज | असार ३१, २०७९

काठमाडौँ – भारतीय क्रिकेट टिमका कप्तान रोहित शर्माले विराट कोहली उत्कृष्ट ब्याट्सम्यान भएको कुरा पु...