क्रिकेट

हस्सी र साकेर इंग्ल्यान्डको प्रशिक्षक नियुक्त

इकागज | भदौ २९, २०७९

काठमाडौँ- अष्ट्रेलियामा अक्टोबर १२ देखि सुरु हुने आईसीसी टी-ट्वान्टी विश्वकपलाई लक्षित गरि इंग्ल्यान्डले माइकल हस्सी र डेभिड साकेरलाई प्रशिक्षक नियुक्त गरेको छ ।

अष्ट्रेलियाका पूर्व ब्याट्सम्यान तथा आईपीएल टिम चेन्नई सुपर किंग्सका ब्याटिङ प्रशिक्षक हस्सी तथा इंग्ल्यान्डका पूर्व बलिङ प्रशिक्षकले मुख्य प्रशिक्षक म्याथ्यु मोटलाई विश्वकपमा सघाउने आईएएनएसले जनाएको छ ।

अष्ट्रेलियन टिमका पूर्व बलिङ प्रशिक्षक साकेर सन् २०१० देखि २०१५ सम्म इंग्ल्यान्डका बलिङ प्रशिक्षक रहेका थिए । इंग्ल्यान्डले सात खेलको टी-ट्वान्टी सिरिजका लागि पाकिस्तानको भ्रमण गर्दा साकेर समेत टिममा रहने छन् । हस्सीले भने विश्वकपका दौरान टिमसँग आवद्ध हुनेछन् ।

इंग्ल्यान्ड र पाकिस्तानबीचको पहिलो टी-ट्वान्टी सेप्टेम्बर २० मा हुनेछ ।

क्यान अध्यक्ष चतुरबहादुर चन्द भन्छन्- सन्दिपबारे तत्काल छलफल हुँदैन

इकागज | भदौ २२, २०७९

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले बलात्कार आरोप लागेका नेपाली क्रिकेट टिम...