क्रिकेट

टी २० विश्वकप : पाकिस्तानमाथि भारतको जित

इकागज | कात्तिक ६, २०७९

काठमाडौँ- आईसीसी विश्वकप टी २० क्रिकेटमा भारतले चिरपरिचत प्रतिद्वन्द्वी पाकिस्तानमाथि ४ विकेटको रोमाञ्चक जित दर्ता गरेको छ । भारत र पाकिस्तानबीच द्दिपक्षीय सिरिज नभएको वर्षौं भइसकेको छ ।

यी दुई देशबीचको राजनीतिक लडाईंको असर क्रिकेटमा पनि परिरहेका बेला भारत र पाकिस्तान एसीसी र आईसीसीका टुर्नामेन्टहरूमा मात्रै खेल्दै आएका छन् ।

जसअनुसार आज भारत र पाकिस्तान अष्ट्रेलियामा जारी आईसीसी टी २० विश्वकप क्रिकेटको सुपर १२ मा प्रतिस्पर्धा गरेका हुन् । पाकिस्तानले दिएको १६० रनको लक्ष्य भारतले अन्तिम बलमा ६ विकेट गुमाएर पूरा गरेको थियो ।

भारतलाई जिताउनका लागि विराट कोहली र हार्दिक पाण्ड्याले आधार तयार गरेका थिए भने हार्दिक आउट भएपछि विराट कोहली र दिनेश कार्तिकले सम्हालेका थिए ।

विराट कोहली ८२ रनमा नटआउट रहे भने हार्दिक पाण्ड्याले ४० रनको पारि खेले । मोहम्मद नवाज र हेरिस रौफले दुई-दुई विकेट लिए ।
पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ओभरमा ८ विकेट गुमाएर १५९ रन बनाएको थियो ।

उसका लागि सान मसुदले ५२ तथा इफ्तिकर अहमदले ५१ रनको पारि खेले । अर्सदीप सिंह र हार्दिक पाण्ड्याले तीन-तीन विकेट लिए ।

टी-ट्वान्टी विश्वकपः अष्ट्रेलिया र न्यूजिल्यान्ड भिड्दै

इकागज | कात्तिक ५, २०७९

काठमाडौँ- आईसीसी टी-ट्वान्टी विश्वकपअन्तर्गत आयोजक अष्ट्रेलियाले पहिलो खेलमा न्यूजिल्यान्डको सामना गर्दैछ । ...

महिला क्रिकेटः वर्षाले प्रभावित खेलमा कर्णालीमाथि पुलिसको जित

इकागज | असोज २४, २०७९

काठमाडौँ- नवौँ राष्ट्रिय खेलकुद अन्तर्गतको महिला क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले जित हात पारेको...