क्रिकेट

अफ्रिदीले इंग्ल्यान्ड र न्यूजिल्यान्डविरुद्धको सिरिज गुमाउने

इकागज | कात्तिक २८, २०७९

काठमाडौँ- आईसीसी टी-ट्वान्टी विश्वकपको फाइनलमा आइतबार इंग्ल्यान्डविरुद्धको खेलका क्रममा घाइते भएका पाकिस्तानका बलर शाहिन शाह अफ्रिदी लामो समय मैदान बाहिर हुने भएका छन् ।

फाइनलमा बल समात्ने समयमा शाहिनले घुडाँमा चोट बोकेका थिए । उनको चोट गम्भिर रहेको बताइएको क्रिकइन्फोले जनाएको छ । शाहिनले केवल २ ओभर १ बलमात्र बलिङ गर्न सकेका थिए ।

घाइते भएपछि डिसेम्बर देखि जनवरीसम्म पाकिस्तानले घरेलु मैदानमा खेल्ने इंग्ल्यान्ड र न्यूजिल्यान्डविरुद्धको सिरिज समेत शाहिनले गुमाउने भएका छन् ।

शाहिनको स्थानमा हरिस राउफले टिममा स्थान पाउने सम्भावना रहेको छ ।

टी-ट्वान्टी विश्वकपः इंग्ल्यान्डलाई पाकिस्तानको १३८ रनको लक्ष्य

इकागज | कात्तिक २७, २०७९

काठमाडौँ- अस्ट्रेलियामा जारी आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटको फाइनलमा पाकिस्तानले इंग्ल्यान्डलाई जितका ...

पाकिस्तान र इंग्ल्यान्डले टी-ट्वान्टी विश्वकपको उपाधि बाँड्ने सम्भावना

इकागज | कात्तिक २६, २०७९

काठमाडौँ- अस्ट्रेलियामा जारी आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटको उपाधि पाकिस्तान र इंग्ल्यान्डले बाँड्ने सम्...