इशान किशनले हिर्काए दोहोरो शतक
काठमाडौँ- भारतीय ब्याट्सम्यान इशान किशनले एकदिवसीय अन्तर्राष्ट्रियमा दोहोरो शतक प्रहार गरेका छन् । घरेलु टोली बंगलादेशविरुद्ध इशानले दोहोरो शतक प्रहार गरेका हुन् ।
बंगलादेशविरुद्धको तेस्रो एकदिवसीयमा इशानले १ सय २६ बल खेल्दै २०० रन पुरा गरे । इशान सबैभन्दा कम बलमा दोहोरो शतक पुरा गर्ने खेलाडी समेत बनेका छन् । यसअघि दोहोरो शतक पुरा गर्न वेस्ट इन्डिजका क्रिस गेलले १ सय ३८ बल खेलेका थिए ।
एकदिवसीयमा दोहोरो शतक पुरा गर्ने उनी सातौं खेलाडी हुन् । भारतीय ब्याट्सम्यान रोहित शर्माले भने सर्वाधिक २६४ रन बनाएका छन् ।