क्रिकेट

सचिनको दुई विश्व कीर्तिमान तोड्ने संघारमा कोहली

इकागज | पुस २६, २०७९

काठमाडौँ- मंगलबारबाट सुरु हुने पाहुना टोली श्रीलंकाविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिजका क्रममा भारतीय ब्याट्सम्यान विराट कोहलीले सचिन तेन्दुलकरको दुई विश्व कीर्तिमान तोड्न सक्ने भएका छन् ।

हिन्दुस्तान टाइम्सले जनाए अनुसार कोहलीले पूर्व भारतीय ब्याट्सम्यान सचिनको एकदिवसीयमा रहेको दुई विश्व कीर्तिमान तोड्ने अवस्थामा पुगेका हुन् ।

घरेलु मैदानमा सचिनले एकदिवसीयमा सर्वाधिक २० शतक प्रहार गरेका छन् । सचिनले १ सय ६४ खेलमा २० शतक पुरा गरेका छन् । जबकी कोहलीले घरेलु मैदानमा १९ शतक प्रहार गरिसकेका छन् ।

कोहलीले भने १ सय १ खेलमै १९ शतक पुरा गरेका छन् । यदि कोहलीले श्रीलंकाविरुद्ध दुई शतक पुरा गरे, उनले सचिनको कीर्तिमान तोड्नेछन् ।

त्यसैगरी, सचिन र कोहलीले मात्र श्रीलंकाविरुद्ध सर्वाधिक ८-८ शतक पुरा गरेका छन् । यदि कोहलीले शतक पुरा गरे उनले सचिनको कीर्तिमान तोड्ने छन् ।

काठमाडौँलाई पराजित गरेको विराटनगरले जनकपुरविरुद्ध क्वालिफायर खेल्ने

इकागज | पुस २५, २०७९

काठमाडौँ- विराटनगर सुपर किंग्सले नेपाल टी-ट्वान्टी क्रिकेट लिगको दोस्रो क्वालिफायर खेल्ने भएको छ । त्रिवि...

नेपाल टी-ट्वान्टीः जनकपुरलाई पराजित गर्दै लुम्बिनी फाइनलमा

इकागज | पुस २४, २०७९

काठमाडौँ- जनकपुर रोयाल्सलाई पराजित गर्दै लुम्बिनी अल स्टार्स नेपाल टी-ट्वान्टी क्रिकेट लिगको फाइनलमा प्रवे...

सम्झौता कार्यन्वयन नभए सेभेन थ्री स्पोर्टससँगको सहकार्य टुट्छ– क्यान अध्यक्ष चन्द

इकागज | पुस २१, २०७९

काठमाडौँ - नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले सेभेन थ्री स्पोर्टससँगको सम्झौत पूर्ण रुपमा कार्या...