क्रिकेट

नेपाल टी-ट्वान्टी लिगः लुम्बिनीलाई पहिलो खेलमा सफलता

इकागज | पुस ९, २०७९

काठमाडौँ- त्रिवि क्रिकेट मैदानमा आजबाट सुरु भएको नेपाल टी-ट्वान्टी क्रिकेट लिगमा लुम्बिनी अल स्टार्सले जित हात पारेको छ । आफ्नो पहिलो खेलमा लुम्बिनीले फार वेस्ट युनाइटेडलाई ६७ रनले पराजित गरेको हो ।

जितका लागि १ सय ५३ रनको लक्ष्य पछ्याएको फार वेस्टले १६ ‌ओभर २ बलमा सबै विकेट गुमाउँदै ८५ रनमात्र जोड्यो । फार वेस्टका लागि कप्तान हसमातुल्लाह साहिदीले सर्वाधिक ३५ रनको जोडे । लुम्बिनीका दिपेन्द्र सिंह ऐरी ३ र सागर ढकालले २ विकेट हात पारे ।  

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५२ रन जोड्यो । लुम्बिनीका लागि लाहिरु मिलान्थाले सर्वाधिक ६० रन तथा कप्तान दिपेन्द्र सिंह ऐरीले ३५ रन बनाए ।

फार वेस्टका करण केसी र उमाइर अलीले समान ३-३ विकेट लिए ।

आईपीएल अक्सनः साम बने आईपीएल इतिहासकै सर्वाधिक महंगा खेलाडी

इकागज | पुस ८, २०७९

काठमाडौँ- इंग्ल्यान्ड क्रिकेट टिमका अलराउन्डर साम कुरान इन्डियन प्रिमियर लिगको अहिले सम्मकै सर्वाधिक महंगा...

सन्दीप लामिछानेलाई थुनामा राख्ने आदेशविरुद्धको सुनुवाइ स्थगित

इकागज | पुस ७, २०७९

काठमाडौँ- क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने काठमाडौँ जिल्ला अदालतको आदेशविरुद्ध...

फ्रेन्चाईज टोली विराटनगर सुपर किङ्सको कप्तानी आन्द्रे म्याकार्थीले गर्ने

इकागज | पुस ६, २०७९

काठमाडौँ - नेपाल टि–२० क्रिकेट लिगमा फ्रेन्चाईज टोली विराटनगर सुपर किङ्सको कप्तानी आन्द्रे म्याकार्थ...

इंग्ल्यान्डद्वारा पाकिस्तानविरुद्धको टेस्ट सिरिज क्लिन स्विप

इकागज | पुस ५, २०७९

काठमाडौँ- इंग्ल्यान्डले घरेलु टोली पाकिस्तानविरुद्धको तीन खेलको टेस्ट सिरिज क्लिन स्विप गरेको छ । कराँचीम...

पाकिस्तानी क्रिकेटर अजहरद्वारा टेस्ट क्रिकेटबाट सन्न्यास घोषणा

इकागज | पुस १, २०७९

काठमाडौँ- पाकिस्तानी क्रिकेटर अजहर अलीले टेस्ट क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेका छन् । शनिबारबाट कराँ...