क्रिकेट

न्यूजिल्यान्डसँग पराजित हुँदा जमानको शतक गयो खेर

इकागज | पुस ३०, २०७९

काठमाडौँ- न्यूजिल्यान्डले घरेलु टोली पाकिस्तानविरुद्धको तीन खेलको एकदिवसीय सिरिज जितेको छ । शुक्रबार राति भएको तेस्रो तथा अन्तिम खेल २ विकेटले जित्दै पाहुना टोलीले सिरिज २-१ ले आफ्नो पक्षमा पारेको हो । यसअघि पहिलो खेल पाकिस्तानले ६ विकेट तथा दोस्रो खेल ७९ रनले जितेको थियो ।

शुक्रबार राति कराँचीमा भएको अन्तिम खेलमा २ सय ८१ रनको लक्ष्य न्यूजिल्यान्डले ४८ ओभर १ बलमा ८ विकेट गुमाउँदै पुरा गर्‍यो । न्यूजिल्यान्डका लागि ग्लेन फिलिप्सले सर्वाधिक ६३ रन बनाउँदा कप्तान केन विलियम्सनले ५३ र डेभोन कोनवेले ५२ रनको योगदान गरे ।

पाकिस्तानका लागि मोहमद वासिम र अघा सलमानले समान २-२ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ८० रन जोड्यो । पाकिस्तानका लागि फकर जमानले १ सय १ रन जोडेपनि त्यो जितका लागि पर्याप्त भएन । मोहमद रिजवानले ७७ रन बनाए ।

न्यूजिल्यान्डका लागि टिम साउथीले ३ तथा लोकी फर्गुसनले २ विकेट हात पारे ।

विराटनगरलाई पराजित गर्दै लुम्बिनीले जित्यो नेपाल टी-ट्वान्टीको उपाधि

इकागज | पुस २७, २०७९

काठमाडौँ- लुम्बिनी अल स्टार्सले नेपाल टी-ट्वान्टी क्रिकेट लिगको उपाधि जितेको छ । त्रिवि क्रिकेट मैदानमा ब...

लुम्बिनी र विराटनगरमध्ये कसले जित्ला नेपाल टी-ट्वान्टीको उपाधि ?

इकागज | पुस २७, २०७९

काठमाडौँ- नेपाल टी-ट्वान्टी क्रिकेट लिगको उपाधिका लागि लुम्बिनी अल स्टार्स र विराटनगर सुपर किंग्स भिड्दैछ...