क्रिकेट

पुलिसलाई हराउँदै आर्मी फाइनलमा, दिपेन्द्रको शतक र करणको ६ विकेट गयो खेर

इकागज | कात्तिक २५, २०७९

काठमाडौँ- नेपाल पुलिस क्लबलाई २ विकेटले पराजित गर्दै त्रिभुवन आर्मी क्लब पीएम कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आर्मीले अब उपाधिका लागि फाइनलमा नेपाल एपीएफ क्लबविरुद्ध खेल्नेछ ।

शुक्रबार भएको दोस्रो सेमिफाइनल खेलमा पुलिसले दिएको ३ सय ५ रनको लक्ष्य आर्मीले एक बल बाँकी छँदै ८ विकेट गुमाएर पुरा गर्‍याे । आर्मीलाई फाइनलमा पुर्‍याउन रोहित पौडेलले सर्वाधिक ८९ रनको योगदान गर्दा हरि चौहाले ७५ तथा राजेश पुलामीले ४३ रनको योगदान गरे ।

पुलिसका लागि करण केसीले सर्वाधिक ६ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३ सय ४ रन जोड्यो ।

पुलिसका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले १ सय २५ बलमा ५ छक्का र ११ चौकाको मदतमा सर्वाधिक १ सय ४० रनको योगदान गरे । आरिफ शेखले अविजित ९१ रन जोडे । आरिफले अन्तिम ओभरमा कुशल मल्ललाई २२ रन प्रहार गरे । दिपेन्द्र र आरिफशले चौथो विकेटका लागि २ सय ४ रनको साझेदारी गरे ।

आर्मीका लागि विक्रम सोबले सर्वाधिक ३ विकेट लिए । सुशान भारीले एक विकेट लिए ।

दिपेन्द्रले १४० रन जोड्दा पुलिसद्वारा आर्मीलाई ३०५ रनको लक्ष्य

इकागज | कात्तिक २५, २०७९

काठमाडौँ- पीएम कप एकदिवसीय क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्...

न्यूजिल्यान्डलाई पराजित गर्दै पाकिस्तान विश्वकपको फाइनलमा

इकागज | कात्तिक २३, २०७९

काठमाडौँ- न्यूजिल्यान्डमाथि जित हात पार्दै पाकिस्तानले अस्ट्रेलियामा जारी आईसीसी टी-ट्वान्टी विश्वकप क्...

स्टेफेनले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास

इकागज | कात्तिक २२, २०७९

काठमाडौँ- नेदरल्यान्ड्सका ब्याट्सम्यान स्टेफेन माइवर्गले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । ...

टी-ट्वान्टी विश्वकप २०२४ मा स्थान बनाउन नेपालसामु केवल एक विकल्प !

इकागज | कात्तिक २१, २०७९

काठमाडौँ- आईसीसीले गरेको निर्णयअनुसार सन् २०२४ मा वेस्टइन्डिज र अमेरिकामा संयुक्त रूपमा आयोजना हुने आई...