क्रिकेट

भारतविरुद्ध दक्षिण अफ्रिकाको शानदार जित

इकागज | असोज १९, २०७९

काठमाडौँ- दक्षिण अफ्रिकाले भारतविरुद्धको तेस्रो तथा अन्तिम टी-ट्वान्टी खेल जितेको छ । इन्दोरमा भएको तेस्रो खेल दक्षिण अफ्रिकाले ४९ रनले जित्दै सिरिज क्लिन स्विप हुनबाट जोगाएको छ । यसअघिका दुई खेल भारतले जित्दै तीन खेलको सिरिजमाथि कब्जा जमाइसकेको थियो ।

जितका लागि दक्षिण अफ्रिकाले दिएको २ सय २८ रनको लक्ष्य पछ्याएको भारत १८ ओभर ३ बलमा अलआउट हुँदै १ सय ७८ रनमा समेटियो । भारतका लागि दिनेश कार्तिकले सर्वाधिक ४६ रन जोडे । दक्षिण अफ्रिकाका लागि ड्वायन प्रिटोरियसले सर्वाधिक ३ विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय २७ रन जोड्यो । दक्षिण अफ्रिकाका लागि रिले रुसोले ४८ बलमा अविजित रहँदै शतक पुरा गरे । उनले ७ चौका र ८ छक्का हिर्काए । क्विन्टन डी ककले ६८ रनको योगदान गरे ।

स्टार ब्याट्सम्यान कोहलीले दक्षिण अफ्रिकाविरुद्धको खेल गुमाउने

इकागज | असोज १७, २०७९

काठमाडौँ- भारतीय क्रिकेट टिमका स्टार ब्याट्सम्यान विराट कोहलीले दक्षिण अफ्रिकाविरुद्धको तेस्रो टी-ट्वान्टी ख...

क्रिकेट विश्वकप विजेताले १६ लाख डलर पाउने, अन्यको भागमा कति ?

इकागज | असोज १४, २०७९

काठमाडौँ- अष्ट्रेलियामा अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म आयोजना हुने आईसीसी टी-ट्वान्टी विश्वकपका लागि इन्...