क्रिकेट

भारतविरुद्ध अष्ट्रेलियाको शानदार जित

इकागज | असोज ५, २०७९

काठमाडौँ- अष्ट्रेलियाले घरेलु टोली भारतविरुद्धको पहिलो टी-ट्वान्टी जितेको छ । तीन खेलको सिरिज अन्तर्गत मोहालीमा मंगलबार राति भएको पहिलो खेल अष्ट्रेलियाले ४ विकेटले जितेको हो ।

भारतले दिएको २ सय ९ रनको विशाल लक्ष्य पाहुना टोली अष्ट्रेलियाले १९ ओभर २ बलमा ६ विकेट गुमाएर पुरा गर्‍यो । अष्ट्रेलियाको जितमा क्यामेरोन ग्रिनले ३० बलमा ८ चौका र ४ छक्काको मदतमा ६१ रनको योगदान गरे । म्याथ्यु वाडेले अविजित ४५ तथा स्टेभेन स्मिथले ३५ रन जोडे ।

भारतका लागि अक्सर पटेलले सर्वाधिक ३ तथा उमेश यादवले २ विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय ८ रन जोड्यो । उसका लागि हार्दिक पाण्ड्याले ३० बलमा ७ चौका र ५ छक्काको मदतमा अविजित ७० रन जोडे । केएल राहुलले ५५ तथा सुर्यकुमार यादवले ४६ रन बनाए ।

अष्ट्रेलियाका लागि नथन इलिसले सर्वाधिक ३ तथा जोश ह्याजलउडले २ विकेट हात पारे ।

यी दुई टिमबीचको दोस्रो खेल शुक्रबार हुनेछ ।

नेपालका लागि विश्वकप खेलेका नरेशले क्यानाडाबाट क्रिकेट खेल्ने

इकागज | असोज १, २०७९

काठमाडौँ- नेपालका लागि सन् २०१४ को आईसीसी टी-ट्वान्टी विश्वकप खेलेका नरेश बुढाऐरले क्यानाडाको राष्ट्रिय ...

सन्दीप भाग्नुले देशमा दण्डहीनता संस्थागत रहेको पुष्टि हुन्छः मोहना अन्सारी

इकागज | भदौ २९, २०७९

काठमाडौँ- राष्ट्रिय मानव अधिकार आयोगकी पूर्व सदस्य मोहना अन्सारीले बलात्कारको आरोप लागेका पूर्व क्रिकेटर ...