क्रिकेट

आईसीसी टी-ट्वान्टी क्रिकेट विश्वकप

न्यूजिल्यान्डद्वारा आयरल्यान्डलाई १८६ रनको लक्ष्य, जोशको ह्याट्रिक

इकागज | कात्तिक १८, २०७९

काठमाडौँ- अस्ट्रेलियामा जारी आईसीसी टी-ट्वान्टी क्रिकेट विश्वकपअन्तर्गत न्यूजिल्यान्डले आयरल्यान्डलाई १ सय ८६ रनको लक्ष्य दिएको छ । एडिलेडमा टस हारेर पहिले ब्याटिङ गरेको न्यूजिल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८५ रन जोड्यो ।

न्यूजिल्यान्डका लागि कप्तान केन विलियम्सनले ३५ बलमा सर्वाधिक ६१ रनको योगदान गरे । फिन एलेनले ३२, डेरिल मेचिलले ३१ तथा डेभोन कोनवेले २८ रन बनाए ।

आयरल्यान्डका लागि जोश लिटल सर्वाधिक ३ विकेट लिए । उनले ह्याट्रिक समेत पुरा गरे । गारेथ डेलानीले दुई विकेट तथा मार्क अडायरले एक विकेट लिए ।

समूह एकमा रहेको न्यूजिल्यान्डलाई सेमिफाइलनमा स्थान बनाउन आयरल्यान्डविरुद्ध जित आवश्यक छ ।

टि–ट्वान्टी विश्वकप क्रिकेटमा नेदरल्याण्डमाथि भारतको ५६ रनको जीत

इकागज | कात्तिक १०, २०७९

काठमाडौँ– अष्ट्रेलियामा जारी टि–ट्वान्टी विश्वकप क्रिकेटमा भारतले नेदरल्याण्डलाई ५६ रनले हराए...