क्रिकेट

पाकिस्तानी फास्ट बलर अफ्रिदीले एसिया कप गुमाउने

इकागज | भदौ ४, २०७९

काठमाडौँ- पाकिस्तानका फास्ट बलर शाहिन शाह अफ्रिदीले एसिया कप गुमाउने भएको छ । घुँडाको चोटका कारण कम्तिमा ४ देखि ६ हप्ता आराम गर्नुपर्ने भएपछि अफ्रिदीले एसिया कप गुमाउने भएको हो ।

एसिया कप युएईमा अगस्ट २७ देखि सेप्टेम्बर ११ तारिखसम्म आयोजना हुनेछ । तर त्यसअघि नै अफ्रिदी घाइते भएपछि पाकिस्तानलाई पाकिस्तानलाई ठूलो झट्का लागेको छ ।

अफ्रिदीले एसिया कपसँगै इंग्ल्यान्डविरुद्धको सिरिज समेत गुमाउने भएका छन् । श्रीलंकाविरुद्धको पहिलो टेष्टका क्रममा अफ्रिदी घाइते भएका थिए ।

कपिल भन्छन्: आईसीसीले टेष्ट र एकदिवसीय क्रिकेट बचाउन कदम चाल्नुपर्छ

इकागज | साउन ३१, २०७९

काठमाडौँ- भारतीय क्रिकेट टिमका पूर्व कप्तान कपिल देवले इन्टरनेसनल क्रिकेट काउन्सिल (आईसीसी) लाई टेष्ट तथ...

महिला आईपीएल मार्चमा

इकागज | साउन २८, २०७९

काठमाडौँ- बीसीसीआईले महिला इन्डियन प्रिमियर लिग (आईपीएल) आगामी वर्षको मार्चमा गर्ने सम्भावना रहेको...