क्रिकेट

ज्ञानेन्द्रको अर्धशतकमा केन्यालाई नेपालको १७६ रनको चुनौती

इकागज | भदौ १४, २०७९

काठमाडौँ- पाँच खेलको टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा नेपालले घरेलु टोली केन्यालाई १ सय ७६ रनको लक्ष्य दिएको छ ।

नैरोबीको जिमखाना स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर नेपालले १ सय ७५ रन बनायो ।

नेपालका लागि ओपनर ज्ञानेन्द्र मल्लले ४४ बलमा ५ चौका र २ छक्काको मदतमा ५९ रनको योगदान गरे । रोहित पौडेलले ४७ रनमा आउट भए । अर्जुन साउदले २९ तथा दिपेन्द्र सिंह ऐरीले २२ रनको योगदान गरे ।

केन्याका लागि नेहेमियाह ओधियाम्बो, शेम नगोचे र भिराज पटेलले समान २-२ विकेट हात पारे । लुकास ओलुओचले १ विकेट लिए ।

पाँच खेलको सिरिज २-२ बराबरीमा रहेको छ ।

केन्याविरुद्ध नेपालले ब्याटिङ गर्दै, टिममा दुई परिवर्तन

इकागज | भदौ १४, २०७९

काठमाडौँ- घरेलु टोली केन्याविरुद्धको अन्तिम टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भए...

केन्याद्वारा नेपाललाई १०२ रनको लक्ष्य, सन्दीपको नाममा ५ विकेट

इकागज | भदौ १३, २०७९

काठमाडौँ- घरेलु टोली केन्याले चौथो टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा नेपाललाई १ सय २ रनको लक्ष्य दिएको छ ।...

आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट : स्वतः छनोट हुने नेपालको सम्भावना न्यून

इकागज | भदौ १३, २०७९

काठमाडौँ- सन् २०२४ मा वेस्ट इन्डिज र अमेरिकामा हुने आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटका लागि स्वतः छनोट ...

नेपालविरुद्ध केन्याः २ विकेट गुमाउँदा २९ रन,  १५६ रन बनाउँदा पनि २ विकेट

इकागज | भदौ १२, २०७९

काठमाडौँ- तेस्रो टी-ट्वान्टी खेलमा घरेलु टोली केन्याले नेपाललाई १ सय ५७ रनको लक्ष्य दिएको छ । नैरोबीको ...