क्रिकेट

राखेप सदस्य सचिवसँग आईसिसि प्रतिनिधिको भेट

इकागज | पुस २१, २०७९

काठमाडौँ - राजधानीमा जारी नेपाल टी–२० लिगमा पछिल्लो समय देखिएको विवाद र घटनाक्रमबारे बुझ्न आएको आईसिसि प्रतिनिधिले बिहीबार राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङलाई भेटेको छ । 

बुधबार साँझ नेपाल आएको आईसीसीको टोलीले बिहीबार दिउँसो राखेपका सदस्यसचिव टंकलाल घिसिङसँग भेटवार्ता गरेको हो । यसअघि टोलीले विमानस्थलबाट सोझै कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा निरीक्षण गरेको थियो । त्यसपछि सहभागी टोलीका प्रतिनिधिसँग भेट गर्दै आवश्यक रिपोर्ट लिएको थियो ।

टोलीले भेट गर्ने क्रममा प्रतियोगिताको एन्टी करप्सन युनिट (एसयू), अम्पायर र खेलाडीसँग भेट गरेको थियो । यस्तै टोलीले क्रिकेट प्रतियोगिताबारे छानबिन गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) सँग पनि भेटघाट नगरेको क्यान स्रोतले जानकारी दियो । जारी प्रतियोगितामा खेल मिलेमतो र स्पट फिक्सिङको गतिविधि भएको चर्चा सञ्चारमाध्ययमा आएपछि आईसिसिले दुई सदस्यीय टोलीलाई नेपाल पठाएको थियो ।

विवाद सतहमा आएपछि राखेपले बुधबार सत्यतथ्य छानबिन गरी १५ दिनभित्र परिषद समक्ष प्रतिवेदन बुझाउन परिषद्को कार्यकारी समितिका सदस्य एकेन्द्रबहादुर कुँवरको संयोजकत्वमा ५ सदस्यीय छानबिन कार्यदल गठन गरेको थियो । छानबिन समिति बनाएको जानकारी गराएपछि आईसिसि प्रतिनिधि सहयोग गर्न तयार रहेको राखेप स्रोतले जानकारी दियो । 

म्याच तथा स्पट फिक्सिङबारे भ्रामक सूचना फैलाइएकाे क्यानकाे दाबी

इकागज | पुस २०, २०७९

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान) ले त्रिवि क्रिकेट मैदानमा जारी नेपाल टी-ट्वान्टी लिगमा म्याच फिक्सिङ ...

नेपाल टी-ट्वान्टी क्रिकेट लिगमा ‘फिक्सिङ’ भएको दाबी (भिडियो सहित)

इकागज | पुस १९, २०७९

काठमाडौँ- नेपाल टी-ट्वान्टी क्रिकेट लिगमा फिक्सिङ अर्थात् मिलेमतो भएको दाबी गर्दै कमेन्टेटर सचिन तिमल्सिना...