क्रिकेट

भारतमाथि इंग्ल्यान्डको शानदार जित

इकागज | असार ३१, २०७९

काठमाडौँ- घरेलु इंग्ल्यान्डले भारतमाथि दोस्रो एकदिवसीय क्रिकेट खेलमा शानदार जित हात पारेको छ । लर्डसमा बिहीबार राति भएको खेलमा इंग्ल्यान्डले पाहुना टोली भारतलाई एक सय रनले पराजित गरेको हो ।

यससँगै तीन खेलको सिरिज १-१ को बराबरीमा पुगेको छ । यसअघि पहिलो खेल भारतले १० विकेटले जितेको थियो ।

दोस्रो खेलमा इंग्ल्यान्डले दिएको २ सय ४७ रनको लक्ष्य पछ्याउने क्रममा भारत ३८ ओभर ५ बलमा अलआउट हुँदै १ सय ४६ रनमा समेटियो । भारतका लागि हार्दिक पाण्ड्या र रविन्द्र जडेजाले समान २९-२९ रन जोडे । इंग्ल्यान्डका लागि रिसी टोप्लेले सर्वाधिक ६ विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ४९ ओभरमा अलआउट हुँदै २ सय ४९ रन जोडेको थियो । इंग्ल्यान्डका लागि मोइन अलीले सर्वाधिक ४७ रनको योगदान गरेका थिए । भारतका युजवेन्द्र चहलले सर्वाधिक ४ विकेट लिए ।

क्रिकेट खेल जीवन्त राख्न युक्रेनलाई आईसीसीको सदस्यता आवश्यक

इकागज | असार २९, २०७९

किभ- युक्रेन क्रिकेट बोर्डका प्रमुख कार्यकारीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को सदस्यता प्राप्त नगरे...

श्रीलंकन ब्याट्सम्यान दिनेशले अष्ट्रेलियाविरुद्ध पूरा गरे दोहोरो शतक

इकागज | असार २७, २०७९

काठमाडौँ – श्रीलंकाका ब्याट्सम्यान दिनेश चन्डिमलले पहिलो पटक दोहोरो शतक प्रहार गरेका छन् । पाहुना ...