कूटनीति

राष्ट्रपतिसमक्ष राजदूतको सपथ

इकागज | फागुन ४, २०७८

काठमाडाैँ – राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संयुक्त अधिराज्य (बेलायत)का लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त भएका ज्ञानचन्द्र आचार्यले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

राष्ट्रपतिको कार्यालय, शीतलनिवास महाराजगञ्जमा आज भएको समारोहमा राजदूत आचार्यले सपथ लिएका हुन् । त्यसअवसरमा परराष्ट्रमन्त्री डा‍. नारायण खड्कालगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरुको उपस्थिति थियो ।

संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी प्रतिनिधि हुँदै सोही विश्व संस्थाको उपमहासचिवको जिम्मेवारीसमेत सम्हालेका पूर्वपरराष्ट्र सचिव आचार्यलाई मन्त्रिपरिषद्को सिफारिसमा गत माघ १४ गते राष्ट्रपतिले राजदूतमा नियुक्त गरेकी थिइन् ।

एमसीसी सम्झौतामा आफ्नै निर्णयविरुद्ध चित्रबहादुर केसी, भीम रावल, कमल थापा र अग्नि सापकोटा

इकागज | फागुन ४, २०७८

काठमाडौँ– संविधान जारी भएपछि बनेको केपी शर्मा ओली नेतृत्वको सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेसन...

अमेरिकी राजदूत भन्छन्– ‘अमेरिकाले नेताहरूलाई प्रतिवद्धता पालना गर्न आग्रह गरेको हो, धम्की दिएको प्रचार असत्य’

इकागज | फागुन ३, २०७८

काठमाडौँ– नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी डब्लु बेरीले २०७४ भदौमा भएको अमेरिकी सहयोग...

यो हो ह्वाइट हाउसको इन्डो-प्यासिफिक रणनीति, न यहाँ नेपालको चर्चा छ न त एमसीसीकै

इकागज | माघ २९, २०७८

काठमाडौँ– अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को अनुदान सहायता सम्झौता हिन्द प्रशान्त ...

द्वन्द्वकालीन मुद्दा ब्युँत्याउनेदेखि आर्थिक सहायता रोक्नेसम्म

अनिष भट्टराई | माघ २८, २०७८

काठमाडौं– अमेरिकी सहयोग निकाय (एमसीसी) को अनुदान सहायता सम्झौता (मिलेनियम च्यालेन्ज कम्प्याक्ट) स...

नेता–विदेशी गोप्य भेटघाटको असरः मुलुकको आत्मनिर्णय खुम्च्याइँदै

पुष्पराज आचार्य | माघ २६, २०७८

पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ परराष्ट्र मामिलाप्रति निकै सचेत र मर्यादाका कुरा गर्छन् । राजदूत लगाय...

एमसीसीलाई लेखेको पत्रबारे कार्यसम्पादन समितिको बैठकमा छलफल हुन्छ : विश्वप्रकाश शर्मा

इकागज | माघ २३, २०७८

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर...