कूटनीति

युक्रेनमा रहेका नेपालीहरू सुरक्षित, यात्रा नगर्न परराष्ट्रको आग्रह

इकागज | फागुन ११, २०७८

काठमाडौँ– युक्रेनमा जारी तनावका बीच त्यहाँ रहेका नेपालीलाई स्वदेश फर्कनुपरेमा व्यवसायिक हवाई उडान प्रयोग गरी फिर्ता हुन परराष्ट्र मन्त्रालयले आग्रह गरेको छ । जर्मनीको बर्लिनस्थित नेपाली दूतावासले युक्रेनमा रहेका ३८ भन्दा बढी नेपाली नागरिकसँग सम्पर्क भएको र उनीहरू सकुशल रहेको बताएको छ । 

अत्यावश्यक परेका खण्डमा युक्रेनमा रहेका नेपाली नागरिकले सहजीकरणका लागि मस्को (रुस) र बर्लिन (जर्मनी)मा रहेका दूतावासका अधिकारीहरूलाई सम्पर्क गर्न भनिएको छ । 

त्यस्तै, अत्यावश्यक अवस्थामा बाहेक युक्रेन भ्रमण नगर्न नेपालीहरूलाई मन्त्रालयले आग्रह गरेको छ । 

युक्रेनमा छन् स्थायी बसोबास गर्ने ३४ नेपाली, दूतावास भन्छ- उद्धार गर्नुपर्दैन

अतिन आचार्य | फागुन १०, २०७८

काठमाडौँ- युक्रेनमा स्थायी रुपमा विभिन्न व्यवसाय गरी बसोबास गरिरहेका करिब ३४ जना नेपाली रहेका छन् । सन्...

भारतीय सेनाको पेन्सनवाला नेपाली परिवारलाई हेर्छौः राजदूत क्‍वात्रा

इकागज | फागुन १०, २०७८

काठमाडौँ- नेपाली र भारतीय सेनाबीच गहिरो सम्बन्ध रहेको नेपालका लागि भारतीय राजदूत विनय क्वात्राले बताए...

एमसीसी सम्झौतामा चीन र अमेरिका बोल्न थालेपछि परराष्ट्र मन्त्रालयले यसो भन्यो

इकागज | फागुन ८, २०७८

काठमाडौँ– अमेरिकी सहयोग सम्झौतालाई लिएर मुलुकमा चर्को ध्रुवीकरण भएको छ भने सम्झौताको अर्को पक्ष अ...