सरकार

रेग्‍मी बेलायतका लागि नेपाली राजदूत नियुक्त

इकागज | माघ ५, २०७७

काठमाडौँ : पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी बेलायतका लागि नेपाली राजदूत नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रेग्मीलाई सोमबार राजदूतमा नियुक्त गरेकी हुन् । 

रेग्मीले १५ असोजमा मुख्यसचिव पदबाट राजीनामा दिएका थिए र सोही दिन उनलाई मन्त्रिपरिषद् बैठकले राजदूत सिफारिस गरेको थियो । 

उनीसँगै अमेरिकाका लागि नेपाली राजदूतमा पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा सिफारिस भएका थिए । उनी यसअघि नै राजदूत नियुक्त भइसकेका छन् । उनी आगामी २३ गते अमेरिका जाने बताइएको छ । बेलायत र अमेरिका दुवै मुलुकमा राजदूत भने अझै फर्केका छैनन् । 

नेपाल राष्ट्रको एकीकरणमा पृथ्वीनारायण शाहको योगदान अतुलनीय : प्रधानमन्त्री ओली

इकागज | पुस २७, २०७७

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्रको एकीकरणमा पृथ्वीनारायण शाहको योगदान अतुलनीय रहे...

छ-छ महिना प्रधानमन्त्री फेर्ने खेल रचियो : प्रधानमन्त्री ओली

इकागज | पुस २६, २०७७

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्तिगत आकांक्षा र पदलोपुताका कारण राष्ट्रिय राजनीति प्रदूषित भ...

ओलीले राष्ट्रपतिलाई बुझाए ९७९ किमी सडक कालोपत्रे गरेको वार्षिक प्रतिवेदन

इकागज | पुस २३, २०७७

काठमाडौँ  : प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्षमा ९७९ किलोमिटर सडक कालोपत्रे गरेको प्रतिवेदन राष्...

आयोगले स्वीकृत गर्‍यो मतदान स्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि

इकागज | पुस २१, २०७७

काठमाडौँ : निर्वाचन आयोगले सरकारले घोषणा गरेको मध्यावधि निर्वाचनलाई लक्षित गरेर ‘मतदान स्थल तथा ...