सरकार

रासायनिक मल उद्योग खोल्नेबारे अध्ययन गर्न अर्थमन्त्रीको संयोजकत्वमा समिति

इकागज | कात्तिक २७, २०७७

काठमाडौं : सरकारले मुलुकमै रासायनिक मल उत्पादन गर्ने उद्योग स्थापना गर्न अध्ययन गर्न अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा ३ सदस्यीय समिति बनाएको छ । समितिको सदस्यमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसाल सदस्य रहेको सरकारका प्रवक्ता एंव सूचना तथा सञ्‍चार प्रविधि मन्त्री पार्वत गुरूङले जानकारी दिए । 

मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता गुरुङले निकट भविष्यमै रासायनिक मल उत्पादन गर्ने उद्योग स्थापना गर्ने र त्यसको अध्ययन गर्न समिति बनाइएको जानकारी दिए । 

मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै रासायनिक मल उत्पादन गर्ने उद्योग खोल्ने प्रस्ताव ल्याएका थिए । र प्रधानमन्त्रीको प्रस्ताव अनुरुप  उद्योग स्थापना गर्ने निर्णय भएको गुरूङले बताए । 

नेपालमै सम्भव छ रासायनिक मल उत्पादन

गुरुङका अनुसार पौडेलको संयोजकत्वको समितिले उद्योग स्थापनाबारे निकट भविष्यमै कसरी लगानी गर्ने र कस्तो संरचना बनाउने भनेर सम्भाव्यता अध्ययन गर्नेछ । ‘नेपालमा कारखानाको सम्भाव्यता, लगानीको मोडल र कारखानासँग सम्बन्धित सबै विषयको अध्ययन गरेर समितिले प्रतिवेदन पेस गर्नेछ,’ प्रवक्ता गुरुङले भने, ‘सोही प्रतिवेदनका आधारमा मल कारखानाको प्रक्रिया तुरुन्तै थालिनेछ ।’  

 

जनताबाट निर्वाचित भएर आएको हुँ, कसैले माग्‍दैमा राजीनामा दिन्‍न : प्रधानमन्त्री

इकागज | कात्तिक २६, २०७७

किमाथांका : प्रधानमन्त्री केपी शर्मा ओलीले आफू जनताबाट निर्वाचित भई स्थिरताका लागि सरकार प्रमुख भएकाले क...

अबैध क्रसर उद्योग बन्द गराउन सबै जिल्ला प्रशासनलाई गृहको निर्देशन

इकागज | कात्तिक २५, २०७७

काठमाडौं : सरकारले अवैध रूपमा सञ्‍चालन भइरहेका क्रसर उद्योग बन्द गराउन सबै जिल्लाका प्रमुख जिल्ला अध...

कोभिड संक्रमितको निशुल्क उपचारदेखि किताब आयातको कर हटाउने सरकारको निर्णय

इकागज | कात्तिक २५, २०७७

काठमाडौं : मन्त्रिपरिषद्को बैठकले विभिन्‍न निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले ...

विदेशमा रहेका कोभिड संक्रमित नेपालीको उध्दारबाट पन्छियो सरकार

इकागज | कात्तिक २३, २०७७

काठमाडौं : सरकारले अब विदेशमा कोभिड-१९ को चपेटामा परेका नेपालीको उध्दारका लागि छुट्टै हवाई उडान नगर्...

शिक्षक सेवा आयोगमा पदाधिकारी नियुक्त गर्न दरखास्त आह्वान

इकागज | कात्तिक २२, २०७७

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक सेवा आयोगका अध्यक्ष र सदस्यहरु नियुक्त गर्न १५ दिन...

‘संघीय लोकतान्त्रिक गणतन्त्र’ नलेख्‍ने निर्णयबारे छलफल गर्न राज्य व्यवस्थाले बोलायो मुख्य सचिव

इकागज | कात्तिक २०, २०७७

काठमाडौं : संसदको राज्य व्यवस्था तथा सुशासन समितिले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्...

निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचन मंसिर २७ मा

इकागज | कात्तिक १८, २०७७

काठमाडौं : निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचन मंसिर २७ गते गर्ने सूचना प्रमुख निर्व...