सरकार

ओली ४२ औँ प्रधानमन्त्री नियुक्त

इकागज | बैशाख ३०, २०७८

काठमाडौँ : लामाे राजनीतिक रस्साकस्सीपछि केपी शर्मा ओली नै पुन: प्रधानमन्त्रीमा नियुक्त भएका छन् । उनी तेस्रो पटक प्रधानमन्त्री भएका हुन् । उनी मुलुकको ४२ औँ प्रधानमन्त्रीको सूचीमा दर्ज हुँदै गर्दा दुई तिहाईबाट अल्पमतको प्रधानमन्त्री बनेका हुन् । 

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (३) बमोजिम प्रतिनिधि सभामा सबैभन्दा बढी सदस्यहरू भएको दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलका नेता ओलीलाई प्रधानमन्त्री पदमा नियुक्त गरेकी  छन् ।

वैकल्पिक सरकार बनाउने विषयमा लामो छलफल भए पनि जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले साथ नदिएपछि ओली नै ठूलो दलका नेताको हैसियतमा प्रधानमन्त्री नियुक्त भएका हुन् । शुक्रबारको साइत राम्राे रहेको भन्दै उनले शुक्रबार सपथ लिन लागेका हुन् । यद्यपि उनको शपथ आजै हुने थियो । 

उनले यसअघि ईश्‍‍वरको नाममा शपथ नलिए पनि कुन दिन शपथ लिँदा राम्रो हुने साइत भने जुराएका हुन् । यसमा शीतल निवासले पनि उनलाई सल्लाह दिँदै शुक्रबार शपथको तयारी गरेको हो । दिनभर दलहरूबीच  विभिन्‍न कोणमा छलफल चलेको थियाे । अन्तत: ओली नै त्यसमा सवल देखिए । तर उनले एक महिनाभित्र  विश्‍वासको मत लिनु पर्ने हुन्छ । 

उनी पहिलो पटक २०७२ असोज २४ मा संसदबाट प्रधानमन्त्री निर्वाचित भएका थिए । त्यसको भोलिपल्ट उनको शपथ भएको थियो । पहिलो पटकको कार्यकालमा ओलीले २०७३ साउन ९ मा राजीनामा दिएका थिए  । त्यसको ११ दिनपछि २०७३ साउन २० मा पुष्पकमल दाहाल मुलुकको प्रधानमन्त्री बनेका थिए । 

राष्ट्रपति विद्यादेवी भण्डारीबाट ४१ औं प्रधानमन्त्रीको सपथ लिँदा केपी शर्मा ओलीसँग १७४ सांसद साथमा थिए । जसमा एमालेको १२१ र माओवादीको ५३ मत थियो । अब उनी ४२ औं प्रधानमन्त्री हुँदा १२१ मा झरेका छन्, त्यो पनि माधवकुमार नेपाल समूहले अन्तिममा साथ दिएपछि । 

२०७५ जेठ १४ मा कम्युनिस्टहरूसँग सहकार्य गर्न संघीय समाजवादी फोरम १६ सिटसहित प्रवेश गर्‍यो । त्यसपछि १९० सिटसहित जुद्ध शमशेरपछिका शक्तिशाली प्रधानमन्त्री बनेका ओली अहिले ठूलो दलको प्रधानमन्त्री नियुक्त भएका हुन् । 

२०७५ जेठ २ एमाले-माओवादी केन्द्रबीच एकीकरण भएपछि १७४ सिटको नेकपा बनेको थियो । त्यसपछि ओली सरकारलाई कसैले छुने आँट गर्ने सवाल नै रहेन ।उनले एक महिना भित्र विश्‍वासको मत लिनुपर्ने भए पनि बजेटका कारण उनले छिट्टै विश्‍वासको मत लिने र नपाए निर्वाचन घोषणा गर्ने तयारी उनको रहेको उनी निकटस्थ नेताहरू बताउँछन् । यद्यपि उनले अन्तिमसम्म बहुमतको प्रधानमन्त्रीको लागि जोड गरेका थिए । 

प्रधानमन्त्री ओलीको जीवन यात्रा : 

२००८ फागुन ११    इवा २, तेह्रथुममा जन्म, माता-स्व. मधु ओली; पिता-मोहनप्रसाद ओली ।
२०२०  झापामा बसाई सराई
२०२३  माक्सवादी अध्ययन दलमा संगठित
२०२५ पूर्णकालिन राजनीतिक कार्यकर्ताको रूपमा गतिविधिमा संलग्‍न
२०२६  माघ नेपाल कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त ।
२०२७  जेठ ९ पूर्णकालिन नेताको रूपमा आन्दोलन परिचालनको लागि भूमिगत जीवन सुरु ।
२०२७  फागुन १६  झापामा पहिलो पटक गिरफ्तार । २०३० सम्म १० पटक गिरफ्तार र रिहा ।
२०२८  झापा आन्दोलन संगठन कमिटीको प्रमुखमा मनोनित ।
२०३०  असोज २३  राज्य विप्लव तथा विध्वंसात्मक कार्यमा संलग्‍न रहेको जस्ता विभिन्‍न झुठ्ठा आरोपमा गिरफ्तार, ४ वर्ष गोलघर सहित १४ वर्ष जेल सजायँ ।
२०३५  पुस ११  जेल मै रहँदा गठित नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी-लेनिनिवादी) को संस्थापक नेताको हैसियत प्राप्त ।
२०४४  असार ११  जेलबाट रिहा, पुस २ गते बसेको नेकपा (माले) को केन्द्रीय कमिटी बैठकबाट केन्द्रीय सदस्यमा मनोनयन ।
२०४६  तत्कालिन नेकपा (माले) को लुम्बिनी अञ्‍चलको ईञ्‍चार्जको जिम्मेवारी बहन ।
२०४७  जेठ १ पार्टीको युवा संस्था- प्रजातान्त्रिक राष्ट्रिय युवा संघ, नेपलको संस्थापक अध्यक्ष।
२०४७  पुस २२ नेकपा (माले) र नेकपा (मार्क्सवादी) बीच एकीकरण, नवस्थापित नेकपा (एमाले)को संस्थापक केन्द्रीय सदस्य ।
२०४८   बहुदलीय व्यवस्था स्थापना पछिको पहिलो आम निर्वाचनमा झापा-६ बाट संसदको तल्लो सदन, प्रतिनिधि सभाको सदस्यमा निर्वाचित ।
२०५०   केन्द्रीय प्रचार विभागको प्रमुखको जिम्मेवारीसहित पोलिटव्युरो सदस्य निर्वाचित ।
२०५१   मध्यावधि निर्वाचनमा झापा-२ बाट प्रतिनिधि सभामा पुनःनिर्वाचित । मंसीर १४ गते कम्युनिष्ट पार्टीको नेतृत्वमा गठित पहिलो तथा लोकप्रीय सरकारको गृहमन्त्री नियुक्त।
२०५१  पार्टी संसदीय विभागको प्रमुख
२०५४  माघ पार्टीको छैटौं राष्ट्रिय महाधिवेशनमा प्रस्तुत कार्यनितिक प्रस्ताव अत्यधिक मतद्वारा पारित, स्थायी समिति सदस्यमा निर्वाचित, विदेश विभाग प्रमुखको जिम्मेवारी प्रदान।
२०५६  झापा-६ बाट प्रतिनिधिसभामा पुनःनिर्वाचित
२०५६-२०५९ संसदमा प्रमुख प्रतिपक्षी दलको उपनेता
२०५९  माघ पार्टीको सातौं राष्ट्रिय महाधिवेशनमा पार्टीको आन्तरिक लोकतान्त्रिकरण र बहुपदीय प्रणाली सुरु गर्ने प्रस्ताव प्रस्तुत, प्रस्ताव अर्को महाधिवेशनसम्मको लागि स्थगित-स्थायी समिति सदस्य तथा विदेश विभाग प्रमुखमा पुननिर्वाचित ।
२०६३   गिरिजाप्रसाद कोइरालको नेतृत्वमा पुनःस्थापित संसदद्वारा उपप्रधानमन्त्री तथा विदेश मन्त्री नियुक्त ।
२०६४   पहिलो संविधानसभाको निर्वाचनमा पराजित
२०६५-६६  केन्द्रीय पार्टी स्कूल विभाग प्रमुख
२०६५ फागुन आठौं राष्ट्रिय महाधिवेशनमा आन्तरिक लोकतान्त्रिकरण र बहुपदीय प्रणालीको स्थगित प्रस्ताव स्वीकृत । अध्यक्ष पदको प्रत्यासी, तत्कालिन अध्यक्ष झलनाथ खनालद्वारा पराजित, विदेश विभागको प्रमुखको जिम्मेवारीसहित स्थायी समितिमा निर्वाचित ।
२०७० मंसीर  झापा-७ बाट संविधानसभा सदस्यमा निर्वाचित
२०७० माघ २१ तत्कालिन पार्टी अध्यक्षलाई पराजित गर्दै संविधानसभा तथा व्यवस्थापिका संसदको दलका नेतामा निर्वाचित ।
२०७१ साउन १ नवौं राष्ट्रिय मधिवेशनबाट तत्कालिन बरिष्ठ नेता माधवकुमार नेपाललाई पराजित गर्दै अध्यक्ष पदमा निर्वाचित ।
२०७२ असोज २४ व्यवस्थापिका संसदबाट प्रधानमन्त्री पदमा निर्वाचित, असोज २५ गते शपथ ग्रहण।
२०७३ साउन ९ व्यवस्थापिका-संसदमा संबोधन, प्रधानमन्त्री पदबाट राजिनामा ।
२०७३ साउन २० औपचारिक रुपमा नयाँ प्रधानमन्त्री पुष्पकमल दहाललाई सत्ता हस्तान्तरण ।
२०७४ फागुन ३  राष्ट्रपति विद्यादेवी भण्डारीबाट ४१ औं प्रधानमन्त्रीको रूपमा शपथ ।

 

‘ओलिगार्की’को अवसान : आलोचकलाई अरिंगाल, राज्यका अंगलाई औजार !

चन्द्रशेखर अधिकारी | बैशाख २७, २०७८

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली अन्ततः दुई तिहाइ नजिकको सरकारबाट ९३ मतमा परिणत हुँदै...

मिडियामा राजीनामा दिन्‍छौँ भन्‍ने सांसद नै बन्द कोठामा विपक्षमा उभिएपछि...

इकागज | बैशाख २७, २०७८

काठमाडौँ : नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल-माधवकुमार नेपाल पक्षभित्र सामूहिक राजीनामा दिने...

‘संविधानमाथि सबैभन्दा ठूलो खतरा प्रधानन्याधीशबाटै देखियो’

दिनेश त्रिपाठी | बैशाख २६, २०७८

यो अध्यादेश गैरसंवैधानिक छ । एउटै अध्यादेशलाई पटक पटक जारी गर्नु धोकाधडी हो । यो अध्यादेश पास हुने भए...

देउवाले ठाकुर र महतोलाई भने : ओलीको दम्भ र अहमता तोड्ने निर्णय गर्नुस्

इकागज | बैशाख २६, २०७८

काठमाडौँ : प्रमख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जस...

(अ)संंवैधानिक परिषद् बैठकमा प्रधानन्यायाधीश गए बहुविवादित बन्छ

राधेश्याम अधिकारी | बैशाख २५, २०७८

यतिखेर बोलाइएको संवैधानिक परिषद्सम्बन्धी बैठक नै गैर-संवैधानिक छ । स्पष्ट रूपले भन्दा असंवैधानिक छ...

ट्रयाक्टरको ट्रलीमा 'मर्छन्' नागरिक, चुनावी मैदानमा गृहमन्त्रीलाई हेलिकप्टर !

पवन तिमिल्सिना | बैशाख २४, २०७८

काठमाडौँ : २१ बैशाखमा थिनप्रसाद काफ्लेले एम्बुलेन्स नपाएर अकालमै ज्यान गुमाउनुपर्‍यो । पू...