सरकार

गण्डकीमा एमालेको बहिस्कारबीच बजेट पारित

इकागज | असार ३०, २०७८

काठमाडौँ : पोखरा मार्सल लगाएर गण्डकीमा आगामी आर्थिक वर्षको बजेट पारित गरिएको छ । सभामुख नेत्रनाथ अधिकारीले मार्सल लगाएर विनियोजन विधेयक प्रस्तुत गर्न मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई समय दिएपछि प्रतिपक्षी सांसदहरू आक्रोशित बनेका थिए । सभामुखले मार्सल लगाएर अघि बढेपछि प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदले सदन बहिस्कार गरेका छन् ।

‘सभामुखले एक्लै सदन चलाउनु भएको छ, हामीले सदन छाडिदिएका छौ,’ एमाले सांसद धनञ्जय दवाडीले भने । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पनि सदन अवरोध गरेको थियो । बहुवर्षीय योजनाहरू, स्रोत सुनिश्चित भएर अघि बढेका योजनालाई निरन्तरता नदिएको भन्दै बजेटमाथिको छलफलमा अवरोध भएको थियो । स्थानीय तहको केन्द्र जोड्ने सडक, एक घर एक धारा, उज्यालो गण्डकी प्रदेश जस्ता कार्यक्रम नसमेटिएको भन्दै एमालेले सदन अवरोध गरेको थियो ।

‘आज बजेट छैन भन्ने अनि १ लाखदेखि ३० लाखसम्मका ६३० योजना थपिएका छन्, १२ देखि २० लाखसम्म २३६ योजना थपिएका छन्, २५ देखि ३० लाखसम्म १३० योजना थपिएका छन्,’ सदनमा बोल्दै एमाले सांसद रामशरण बस्नेतले बताए । बजेटको न्यायोचित वितरण नभएको एमालेको आरोप छ ।

‘२ निर्वाचन क्षेत्र भएको जिल्लालाई ९३ वटा छ । पाँच वटा एउटा जिल्लालाई छ । ती ५ योजना पनि ३० लाखका छैनन् । एक योजना २० लाखको छ, ४ योजना १ देखि १० लाखका छन् । त्यो जिल्ला मुस्ताङ हो, मुस्ताङका जनताले यो सरकारको के बिगारिदिएका छन् ?,’ बस्नेतले भनेका छन् ।

म्याग्दी, लमजुङमा पनि योजनाका संख्या घटाइएको र न्यायोचित वितरणमा ध्यान दिनुपर्ने बस्नेतले बताए । रातो किताब सच्याउन उनले आग्रह गरे । ‘कालो कोठामा बसेर षडयन्त्रपूर्ण रुपमा ल्याइएको बजेटलाई स्वीकार गर्न सक्दैनौं । एक लाखले एउटा बाटो बनाएर के परिणाम आउँछ ?,’ उनले भने, ‘एउटा जिल्लामा ५ योजना वितरण भएको छ । एउटा वार्डमा ९ वटा योजना वितरण भएको छ । यही हो न्यायोचित रु यही हो गठबन्धनले देखाएको हर्कत ?’ बजेट पुर्नविचार हुनुपर्ने र मुख्यमन्त्रीलाई गराएको ध्यानाकर्षणको जवाफ नपाएसम्म सदन चल्न नदिने बस्नेतले बताए । एमालेले आज मुख्यमन्त्रीलाई १० बुँदे ध्यानाकर्षण गराएको थियो ।

प्रधानमन्त्री देउवाले पदभार ग्रहण गरेपछि बस्यो पहिलो मन्त्रिपरिषद् बैठक

इकागज | असार २९, २०७८

काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले पदभार ग्रहण गरेका छन् । सिंहदरबारमा रहेको प्रधानमन्त्रीको कार्य...

देउवाले विश्वासको मत लिन नसके ताजा जनादेशमा जानुपर्छ : वरिष्ठ अधिवक्त ज्ञवाली

इकागज | असार २८, २०७८

काठमाडौँ : वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीले सर्वोच्च अदालतको आदेशबाट प्रधानमन्त्रीमा नियुक्त हुने नि...

गण्डकी सरकारको श्‍वेतपत्रः अर्थतन्त्र संकटतर्फ धकेलियो

अनिष भट्टराई | असार २७, २०७८

पोखरा: गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले श्वेतपत्र जारी गर्दै गण्डकी प्रदेशको अर्थत...