सरकार

मन्त्रिपरिषद् विस्तारमा देउवाकाे जाेड, नेता नेपाल अझै स्पष्ट भएनन्

इकागज | साउन ९, २०७८

काठमाडौँ - सरकार सञ्‍चालन तथा मन्त्रिपरिषदको विषयलाई लिएर प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक बसेको छ । छलफलमा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पनि सहभागी थिए । सर्वोच्च अदालतको फैसलापछि नेपाल यसरी बैठकमा सहभागी भएका थिएनन् ।

देउवा प्रधानमन्त्री भएपछि नेपाल पहिलोपटक बालुवाटार पुगेर गठबन्धनको छलफलमा सहभागी भएका हुन् । यसअघिका बैठकमा उनले आफ्नो प्रतिनिधि पठाएका थिए । 

प्रधानमन्त्री देउवाले राखेको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सहभागी थिए । 

देउवाले छलफलको क्रममा आगामी दिनमा कसरी अघि बढ्ने भन्ने विषयलाई बढी जोड दिएका थिए । उनले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ गर्न नहुने बताएका थिए । सबैले आफ्नो भागमा परेको संख्या अनुरुपको नाम छिटो दिन पनि उनले आग्रह गरेका थिए । देउवाकाे जोड माधव नेपाल समूहलाई पनि सरकारमा ल्याउनेमा छ । 

छलफलमा राजनीतिक दलबारेको कानुनी प्रावधान लगायतको विषयमा पनि छलफल भएको जानकारी वालुवाटार श्रोतले दियो ।  बैठकमा यसअलवा सत्ता गठबन्धन दिगो बनाउने, मन्त्रिपरिषद् विस्तार तयारी, समसामयिक राजनीतिक घटनाक्रम र छिमेक तथा शक्ति मुलुकको सरकारप्रतिको दृष्टिकोणलगायत विषयमा छलफल भएको थियो ।

यसअघि भएका गठबन्धनका बैठकमा नेता नेपाल उपस्थित हुने गरेका थिएनन्। उनले प्रतिनिधिको रूपमा विजय पौडेललाई पठाएका थिए ।

बैठकमा मन्त्रिपरिषद् विस्तारबारे प्रधानमन्त्री देउवाले प्रस्ताव राखेका थिए । अन्य दलहरूले भागवण्डाबारे कुरा गरे पनि नेपालले भने सरकारमा सहभागी हुने/नहुनेबारे स्पष्ट बताउन सकेनन् । 

चन्दलाई प्रधानमन्त्री देउवाको वचनः सहमति कार्यान्वयन गरिन्छ

इकागज | साउन ६, २०७८

काठमाडौँ - प्रधानमन्त्री शेरबहादर देउवाले नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँग यसअघिको सरकारले गरेको सहमत...

मनाङका पहिरो पीडितको समस्या तत्काल समाधान गर्न गृहमन्त्रीको निर्देशन

इकागज | साउन ४, २०७८

काठमाडौँ–गृहमन्त्री बालकृष्ण खाणले मनाङको चामेमा गएको पहिरोबाट पीडितका समस्या समाधान गर्न सम्बन्धि...

योग्यता र अनुभवको आधार नहेरी यसअघि नियुक्त गरिएका ११ राजदूतकाे सिफारिस रद्द

इकागज | साउन ३, २०७८

काठमाडौँ - शेरबहादुर देउवा नेतृत्व मन्त्रिपरिषदले केपी शर्मा ओली सरकारले मनलागि ढंगले योग्यता र अ...