सरकार

झलनाथलाई उपचार खर्च दिएकोमा सर्वोच्चको कारण देखाउ आदेश

इकागज | भदौ १६, २०७८

काठमाडौँ - पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनाललाई सरकारले उपचार खर्च उपलब्ध गराएकोप्रति सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।

सरकारले उनलाई उपचार खर्च उपलब्ध गराउनु गैरकानुनी भएको भन्दै सर्वोच्चले बुधबार कारण देखाउ आदेश जारी गरेको हो । अधिवक्ता विमलप्रसाद पोखरेलले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले यस्तो आदेश जारी गरेको हो ।

उच्च पदस्थ व्यक्तिलाई सरकारले गैरकानुनी ढंगले उपचार खर्च दिएर राज्यस्रोतको दुरुपयोग गरेको भन्दै पोखरेलले रिट दायर गरेका थिए । उक्त रिटमा सुनुवाइ गर्दै सर्वोच्चले १५ दिनभित्र कारण देखाउन सरकारलाई आदेश दिएको हो ।

स्वास्थ्य समस्या देखिएपछि खनाल २ असारमा भारतको नयाँ दिल्लीस्थित एपोलो हस्पिटल भर्ना भई मृगौला प्रयारोपण गरेर सोमबार स्वदेश फर्किएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले ५ साउनमा उपचाररत खनालको उपचार खर्च सरकारले व्यहोर्ने घोषणा गरेका थिए । 

एमालेले भन्यो : अष्टलक्ष्मी नेतृत्वको सरकार अल्पमतमा पर्‍यो, संसदीय खेल खेल्छौँ

इकागज | भदौ १५, २०७८

काठमाडौँ – नेकपा एमालेले बागमती प्रदेशम अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार अल्पमतमा परेसँगै संसदीय ...

बेपत्ता पारिएका व्यक्तिहरूलाई खोजी गर्न सरकार प्रतिबद्ध छ : कानुनमन्त्री कार्की

इकागज | भदौ १४, २०७८

काठमाडौँ - कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बेपत्ता पारिएका व्यक्तिहरूलाई ख...

अध्यादेशका भरमा नियुक्त संवैधानिक पदाधिकारीको भविष्य छिनोफानो हुँदै

इकागज | भदौ ११, २०७८

काठमाडौँ– लामो समयदेखि पेशीमै चढ्नै नपाएको संवैधानिक परिषद्को काम, कर्तव्य, अधिकारसम्बन्धी संशोधन...

प्रदेश-२ का आन्तरिक मामिलामन्त्रीले नियमविपरीत बुझे बैठक भत्ता

सुभाष कर्ण | भदौ १०, २०७८

जनकपुरधाम- कोभिड-१९ महामारीका बेला पनि प्रदेश-२ सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्रीले नियमविपरीत ...