सरकार

देउवाको आक्रोश

'परमादेशको सवाल उठाएर सबै न्यायाधीशको राजीनामा माग्‍नु गैरजिम्मेवारपूर्ण तर्क'

इकागज | कात्तिक १०, २०७८

काठमाडौँ- प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अदालतको बारेमा धेरै बोल्न नमिल्ने टिप्पणी गरेका छन् । 

प्रधानमन्त्री देउवाले परमादेशको सवाललाई उठाएर सर्वोच्च अदालतका सबै न्यायाधीशहरुले राजीनामा दिनुपर्ने जस्ता गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति आक्रोश समेत व्यक्त गरे । 

नेपाल तरुण दलले बुधबार बालुवाटारस्थित आफ्नै सरकारी निवासमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले न्यायालयको सम्बन्धमा उठेका सवालहरुबारे सत्तारुढ गठबन्धनमा छलफल गरेर अघि बढने पनि स्पष्ट पारे । 

प्रधानमन्त्री देउवाले अदालतमा देखिएको समस्या समाधान गर्ने काम अदालतकै भएको तर्क समेत गरे ।  । उनले भने, ‘परमादेश ल्याउने सबैलाई हटाउनु पर्दछ भन्ने गैर जिम्मेवार कुरा गर्नु उचित हुँदैन जस्तो लाग्दछ मलाई । अरु कुरा धेरै केही भन्नु छैन तपाईहरुलाई । हाम्रो गठबन्धन पाँच पार्टीको जो छ, जे उठेका सवालहरु छन–न्यायालय सम्बन्धमा । सरसल्लाह, छलफल गर्नेछौं । यसमा धेरै कुरा छैन । मैले तपाईहरुलाई भनेको भन्यै छु । हमाल हाम्रो पार्टीको मान्छे हो । विचरा, बस्न नसक्ने भएपछि राजीनामा दिए । यो कुरा सिद्धि सकेको थियो, तर कुरा उठाएका उठाएकै छन । अदालतको बारेमा हामीले धेरै बोल्ने कुरा छैन । अदालतले जे गर्छ, त्यो अदालतको कुरा हो ।’

प्रधानमन्त्री देउवाले परमादेशबाट संसदीय व्यवस्था, संविधान र सिंगो देशलाई बचाउने काम अदालतका न्यायाधीशहरुले गरेको दावी गर्दै त्यसको विरोध नगर्न पनि एमाले अध्यक्ष ओलीलाई सचेत गराए ।  उनले नेपाली काँग्रेसको १४ औं महाधिवेशन सफलतापूर्वक सम्पन्न गराउने काममा केन्द्रित हुन पनि पार्टीका नेता, कार्यकतालाई आव्हान गरे । 

दाहाल भन्छन्- प्रधानन्यायाधीशबारे छलफल गरी दुई दिनमै निष्कर्ष निकाल्छौं

इकागज | कात्तिक ९, २०७८

चितवन - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राज्यका प्रमुख अंगले गरिमा कायम राख्न नसकेक...

'जलविद्‍युतकाे पर्याप्त उत्पादन भयो अब विद्‍युतीय सवारीसाधन चलाउनुपर्छ'

इकागज | कात्तिक ९, २०७८

काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विद्‍युतीय यातायातलाई सरकारले बढावा द...

निजी क्षेत्रको कम्पनीसँग साँगगाँठ गरेर निगमलाई कमजोर बनाउँदिनः मन्त्री आले

इकागज | कात्तिक ९, २०७८

काठमाडौँ - संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेम आलेले निजी क्षेत्रको कम्पनीसँग साँगगाँठ गरेर ने...

प्रहरी र सशस्त्रको राशन दररेटमा १५ प्रतिशत वृद्धि गर्ने सरकारको निर्णय

इकागज | कात्तिक ८, २०७८

काठमाडौँ – सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीको राशनको दररेटमा १५ प्रतिशत वृद्धि गर्ने निर्णय गर...

राष्ट्रियसभा निर्वाचनको मिति चाँडै घोषणा हुन्छ : प्रधानमन्त्री

इकागज | कात्तिक ८, २०७८

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियसभामा सदस्य पदको निर्वाचन मिति सरकारले चाँडै त...

१० वर्षभित्र नेपाल सम्पन्‍न मुलुक बन्‍ने सञ्‍चारमन्त्री कार्कीको दाबी

इकागज | कात्तिक ८, २०७८

काठमाडौँ - सञ्‍चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनताले अनुभूति गर्ने गरी समृद्धि...

मन्त्रिपरिषद्‌ बैठक बस्‍नुअघि मन्त्रीहरूसँग छलफल गर्दै प्रधानमन्त्री देउवा

इकागज | कात्तिक ८, २०७८

काठमाडौँ- मन्त्रिपरिषद्‌ बैठक आज दिउँसो ४ बजे बस्‍दैछ । प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी ...