सरकार

सरकारले गर्‍यो अध्यागमन कार्यविधि संशोधन

इकागज | असोज १४, २०७८

काठमाडौँ – सरकारले अध्यागमन कार्यविधि संशोधन गरेको छ ।  हिजो बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले ‘अध्यागमन कार्यविधि २०६५ को दफा ३.१ को उपदफा (२) को खण्ड (घ) अनुुसाार खर्च व्यहोर्ने व्यक्ति वा संस्थाको सबै व्यहोरा खुलेको पत्र वा साथमा न्यूनतम ५०० अमेरिकी डलर वा उक्त रकम बराबरको विदेशी मुद्रा सटही गरेको प्रमाण’को सट्टामा युरोप, अमेरिका, जापा तथा खाडी मुलुक, सार्क मुलुकको हकमा के व्यवस्था हुने भन्ने संशोधन गरेको हो । 
 
सरकारले युरोप, अमेरिका, जापान, कोरिया जानेको हकमा खर्च व्यहोर्ने व्यक्ति वा संस्थाको सबै व्यहोरा खुलेको पत्र वा साथमा न्युनतम पाँच सय अमेरिकी डलर वा उक्त रकम बराबरको विदेशी मुद्रा सटही गरेको प्रमाण चाहिने व्यवस्था गरिएको छ । 

त्यस्तै खाडी मुलुक, सार्क राष्ट्र, मलेसिया, थाइल्याण्डको हकमा खर्च व्यहोर्ने व्यक्ति वा संस्थाको सबै व्यहोरा खुलको पत्र वा साथमा न्युनतम पाँच सय अमेरिकी डलर वा सो रकम बराबरको विदेशी मुद्रा सटही गरेको प्रमाण चाहिने व्यवस्था उल्लेख छ ।

गृहमन्त्रालयले अध्यागमन विभागलाई पत्र लेखेर खर्च व्यहोर्ने व्यक्ति वा संस्थाको सबै व्यहोरा खुलेको पत्र वा साथमा न्युनतम पाँच सय अमेरिकी डलर वा सो बराबरको विदेशी मुद्रा सटही गरेको प्रमाणको आधारमा जान दिने भनेको छ । 

त्यस्तै विदेशी मुद्रा नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त क वर्गको बैंकबाट सटही गर्ने र सटही गर्दा व्यक्ति स्वयम् उपस्थित भएर अनिवार्य आयस्रोत खुलाउनुपर्ने पनि व्यवस्था गरिएको छ ।  


 

शान्ति सेनामा नेपाली फौज बढाउन परराष्ट्रमन्त्री खड्काको आग्रह

इकागज | असोज ९, २०७८

काठमाडौँ - संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिने सिलसिलामा न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री डा. ना...

प्रधानमन्त्रीको प्रशासनिक सल्लाहकारमा पूर्व गृहसचिव जनार्दन नेपाल

इकागज | असोज ७, २०७८

काठमाडौँ - प्रधानमन्त्रीको प्रशासनिक सल्लाहकारमा पूर्व गृहसचिव जनार्दन नेपाल नियुक्त भएका छन् । नेपाल निजा...