सरकारले भारतलाई बल्ल पठायो कूटनीतिक नोट
काठमाडौँ – नेपाल सरकारले दक्षिणी छिमेकी मुलुक भारतलाई कुटनीतिक नोट पठाएको छ । परराष्ट्र मन्त्रालय उच्च स्रोतका अनुसार दार्चुला तुइन घटना र नेपाली आकाशमा अनाधिकृत हेलिकोप्टर उडाएकोबारे भारतलाई छुट्टाछुट्टै कूटनीतिक नोट कूटनीटिक च्यानलमार्फत पठाइएको हो ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ताले हामीलाई दार्चुला घटनाबारे औपचारिक जानकारी नभएको बताएपछि सरकारले बल्ला नोट पठाएको हो । यद्दपी नेपाल सरकारले भने पहिलादेखि नै भारतसँग कुराकानी भइरहेको बताउँदै आएको थियो । यो विषयमा इकागले भारतसँग सरकारले कुरा गर्न डराउँदा धामीको परिवारले न्याय नपाउने उल्लेख गरेर समाचार टिप्पणी लेखेको थियो ।
महाकाली नदी तर्ने क्रममा १५ साउनमा भारतीय सशस्त्र सुरक्षा (एसएसबी)ले तुइन चुँडाइ दिँदा दार्चुलाका जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएका थिए । त्यो सरकारले गठन गरेको छानबिन समितिले प्रतिवेदनमा पनि उल्लेख गरेको छ ।
समितिले प्रतिवेदनमा कूटनीतिक तबरबाट यो विषय सुल्झाउन सरकारलाई सुझाव दिएको थियो ।
त्यस्तै धामीको घटनाबारे छिनोफानो भइनसक्दै दार्चुला क्षेत्रमा नेपाली सेनाका ब्यारेक आसपास भारतले अनाधिकृत हेलिकोप्टर उडाएको थियो । त्यसविषयमा पनि कूटनीतिक नोट कुटनीतिक च्यानलमार्फत पठाइएको परराष्ट्र स्रोतले जानकारी दियो ।
यो पनि..
देउवालाई प्रश्न : जयसिंहको परिवारलाई न्याय दिने कि, न्याय माग्नेलाई धम्क्याउने ?