सरकार

कार्यवाहक प्रधानमन्त्री खाँणलाई बहिर्गमित जनमुक्ति सेनाले बुझायो ज्ञापनपत्र

इकागज | कात्तिक १२, २०७८

काठमाडौँ । बहिर्गमित जनमुक्ति सेना, नेपालले विभिन्न १० बुँदे माग राख्दै कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री बालकृष्ण खाँणलाई ज्ञापनपत्र बुझाएको छ । गृह मन्त्रालयमा शुक्रबार संगठनका इञ्‍चार्ज असिम आङबुहाङ लिम्बु, अध्यक्ष रमेश बसेलसहितको प्रतिनिधिमण्डलले ‘बर्हिगमित जनमुक्ति सेना नेपालको माग मुद्दा सम्बोधन सम्बन्धी प्रस्तावना बारे’ शीर्षकमा कार्यवाहक प्रधानमन्त्री खाँणलाई ज्ञापनपत्र बुझाएको हो । 

ज्ञापनपत्र बुझ्दै उनले माग अध्ययन गरेर सम्बोधन गर्न सकिने भएमा पहल गर्ने बताए । ‘हामी तपाईहरूले ज्ञापनपत्रमार्फत बुझाएका माग अध्ययन गर्छौ । त्यसपछि के गर्न सकिन्छ भनौंला,’ खाँणले भने । 

संगठनका अध्यक्ष बसेलले शान्ति प्रक्रियासँग जोडिएको मुद्दा भएकोले सम्बोधनको पहल गरिदिन आग्रह गरेका थिए । संगठनले बृहत् शान्ति सम्झौता पश्चात शैन्य शिविरमा राखी अनमिनले गरेको माओवादी लडाकू प्रमाणीकरणमा योग्यता नपुगेको भन्दै चार हजार नौ जना बर्हिगमनमा पारेको ज्ञापन पत्रमा उल्लेख  छ । 

ज्ञापनपत्रमा बर्हिगमित जनमुक्ति सेनाका घाइते तथा आपांगहरूको वर्गीकरण गरि परिचयपत्र प्रदान गर्ने, सोही परिचयपत्रका आधारमा  सरकारले सम्पूर्ण उपचार खर्च व्यहोर्ने, विभिन्न बहानामा जेल परेका बर्हिगमितहरूलाई निशर्त रिहा र आम माफी दिनुपर्ने लगायतका माग राखिएको छ ।

सरकार जनताको इच्छाविपरीत कुनै काम गर्दैन: ऊर्जामन्त्री भुसाल

इकागज | कात्तिक १२, २०७८

काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जनताको चाहनानुसार नै विकास निर्माणका कामलाई अग...

२० सदस्यीय टोलीसहित आज बेलायत जाँदै प्रधानमन्त्री देउवा

इकागज | कात्तिक १२, २०७८

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवा जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय खाका संरचना महासन्धि (यूएनएफस...

केपी ओलीको पार्टीलाई सुदूरपश्चिममा जिरो डिग्रीमा पुर्‍याउँछौं: मन्त्री आले

इकागज | कात्तिक ११, २०७८

कैलाली- सस्कृति पर्यटन तथा नागरिक उड्‍डयन मन्त्री प्रेम आलेले केपी ओलीको पार्टीलाई सुदूरपश्चिममा...

कोभिडविरुद्धको खोपमा कुनै कमी हुन नदिन प्रधानमन्‍त्री देउवाको निर्देशन

इकागज | कात्तिक ११, २०७८

काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिडविरुद्धको खोपमा कुनै कमी हुन नदिन निर्देशन दिएका ...

सहरी विकासमन्त्री झाँक्री अस्वस्थ, वीर अस्‍पतालमा उपचार हुँदै

इकागज | कात्तिक ११, २०७८

काठमाडौं - सहरी विकासमन्त्री रामकुमारी झाँक्री अस्वस्थ भएकी छन् । अस्वस्थ भएपछि मन्‍त्री झाँक्रीले ...

'परमादेशको सवाल उठाएर सबै न्यायाधीशको राजीनामा माग्‍नु गैरजिम्मेवारपूर्ण तर्क'

इकागज | कात्तिक १०, २०७८

काठमाडौँ- प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अदालतको बारेमा धेरै बोल्न ...

दाहाल भन्छन्- प्रधानन्यायाधीशबारे छलफल गरी दुई दिनमै निष्कर्ष निकाल्छौं

इकागज | कात्तिक ९, २०७८

चितवन - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राज्यका प्रमुख अंगले गरिमा कायम राख्न नसकेक...

'जलविद्‍युतकाे पर्याप्त उत्पादन भयो अब विद्‍युतीय सवारीसाधन चलाउनुपर्छ'

इकागज | कात्तिक ९, २०७८

काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विद्‍युतीय यातायातलाई सरकारले बढावा द...

निजी क्षेत्रको कम्पनीसँग साँगगाँठ गरेर निगमलाई कमजोर बनाउँदिनः मन्त्री आले

इकागज | कात्तिक ९, २०७८

काठमाडौँ - संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेम आलेले निजी क्षेत्रको कम्पनीसँग साँगगाँठ गरेर ने...