सरकार

चार कम्पनी कालोसूचीमा

इकागज | मंसिर १, २०७८

काठमाडौँ - सम्झौताअनुसार निर्माण सम्पन्न नगरेको जनाउँदै सरकारले विभिन्न चार कम्पनीलाई कालोसूचीमा राखेको छ । खरिद कार्यालयको मङ्गलबार बसेको बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय मुजेलिया जनकपुरको सिफारिसमा नयाँबानेश्वर काठमाडौँस्थित भैरव कन्स्ट्रक्शने कम्पनीलाई दुई वर्षका लागि कालोसूचीमा राख्ने निर्णय गरेको हो ।

यस्तै प्रहरी प्रधान कार्यालयको सिफारिसमा त्रिपुरेश्वरस्थित न्यू लक्ष्मी इण्डस्ष्ट्रिज एण्ड सप्लायर्स, बनेपा नगरपालिका नगर कार्यापालिकाको सिफारिसमा ललितपुरको सापकोटा सप्लायर्स एण्ड निर्माण र शिवालय गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय जाजरकोटको सिफारिसमा काठमाडौँ बानेश्वरको लार्ज बास्केट कम्पनीलाई एक/एक वर्षका लागि कालोसूचीमा परेको छ ।

सार्वजनिक खरिद ऐनका अनुसार कालोसूचीमा परेका कम्पनीले तोकिएको अवधिसम्म सरकारी निकायको कुनै पनि खरिद तथा निर्माणका कार्यमा भाग लिन पाउने छैनन् । कालोसूचीमा राख्नुभन्दा अगाडि सम्झौता भएका कार्य भने निरन्तरता हुने कार्यालयले जनाएको छ । रासस

विद्युतीय चुल्हो र विद्युतीय बस सञ्चालनका लागि सरकारले प्रोत्साहन गर्छ : प्रधानमन्त्री देउवा

इकागज | कात्तिक ३०, २०७८

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले विद्युतीय चुल्हो र विद्युतीय बस सञ्चालनका लागि सरकारले प्रोत्साह...

प्रशासकहरूलाई व्यवहारिक बन्‍न मन्त्री श्रेष्ठको सुझाव

इकागज | कात्तिक २९, २०७८

काठमाडौँ - संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले प्रशासकहरु व्यवहारिक बन्नुपर्ने...

विमानस्थलमा ट्याक्सीले धेरै ठगे, अब छिट्टै सटल बस सञ्‍चालन हुन्छः मन्त्री आले

इकागज | कात्तिक २८, २०७८

काठमाडौँ - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आन्तरिक र बाह्य विमानस्थलमा सटल बस ...

नेपाली पौरख र गौरवभित्र लुकेर बसेका प्रतिभालाई चिनाउन प्रधानमन्त्रीको आग्रह

इकागज | कात्तिक २८, २०७८

काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली पौरख र गौरवभित्र लुकेर बसेका कैयौँ प्रतिभालाई बाहिर ...

न्यायालयको समस्या न्यायालय आफैंले समाधान गरोस्: मन्त्री बडू

इकागज | कात्तिक २६, २०७८

काठमाडौँ- कानुनमन्त्री दिलेन्द्र प्रसाद बडूले न्यायालयभित्र देखिएको समस्या न्यायालय आफैले समाधान गर्नु...

कार्यपालिकाले न्यायपालिकामा हस्तक्षेप गर्दैन, सरोकारवालाले नै निकास निकालुन्: प्रधानमन्त्री

इकागज | कात्तिक २६, २०७८

काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवाले न्यायालयमा भइरहेको विवादको समाधान सम्बन्धित निकायल...

अबको हप्तादिन भित्र वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या समाधान हुन्छः मन्त्री खतिवडा

इकागज | कात्तिक २६, २०७८

काठमाडौँ - वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भएको अनियमितताको बारेमा छानबिन गर्न बने...