सरकार

नेपाली पौरख र गौरवभित्र लुकेर बसेका प्रतिभालाई चिनाउन प्रधानमन्त्रीको आग्रह

इकागज | कात्तिक २८, २०७८

काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली पौरख र गौरवभित्र लुकेर बसेका कैयौँ प्रतिभालाई बाहिर ल्याई नेपालको अपार बौद्धिक क्षमतालाई विश्वसामु चिनाउनुपर्ने बताएका छन् । नेपाल प्रज्ञा–प्रतिष्ठानकोे ३६औँ प्राज्ञसभाको उद्घाटनका अवसरमा प्रतिष्ठानका प्रमुख संरक्षक समेत रहेका प्रधानमन्त्री देउवाले भौतिकरूपमा जतिसुकै उन्नत भए पनि सांस्कृतिकरूपमा प्रगति नगर्ने मुलुकले समृद्धि हासिल गर्न नसक्ने बताए । 

उनले महाकवि लक्ष्मीप्रसाद देवकोटाको परिकल्पना र प्राज्ञिक व्यक्तित्वको अग्रसरतामा स्थापित प्रतिष्ठानले मुलुकको भाषा, साहित्य, संस्कृति, दर्शन आदिका क्षेत्रमा महत्वपूर्ण कार्य गरेको बताउँदै आगामी दिनमा पनि प्राज्ञिक अध्ययन र सांस्कृतिक संरक्षणमा थप योगदान गर्नुपर्ने धारणा राखे । समयको मागअनुसार प्राज्ञिक सामग्रीको उत्पादन हुनुपर्नेमा पनि प्रधानमन्त्रीको जोड थियो ।  प्रधानमन्त्री देउवाले महाकवि देवकोटा सङ्ग्रहालय निर्माणले देवकोटाप्रति सम्मान हुने उल्लेख गर्दै सभाबाट सांस्कृतिक क्षेत्रमा दूरगामी प्रभाव पार्ने निर्णय गर्ने अपेक्षा व्यक्त गरे ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले कोभिड–१९ को महामारीका समयमा पनि प्राज्ञिक अध्ययन अनुसन्धानका काममा नियमितता दिएकामा प्रशंसा गरे । कार्यक्रममा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले प्रतिष्ठानले ऐतिहासिक ग्रन्थहरूको प्रकाशन र पुनः प्रकाशन गरेर भाषिक तथा साहित्यिक क्षेत्रको समृद्धिका लागि योगदान दिनसक्ने बताए । 

प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाले प्रतिष्ठानले लेखक साहित्यकार परिचयपत्र वितरण गरेर उपयोगी काम गरेको जनाए । सभामा नेपाल सङ्गीत नाट्य प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ ‘रायन’ र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले सभामा शुभकामना व्यक्त गरेका थिए । 
 रासस

न्यायालयको समस्या न्यायालय आफैंले समाधान गरोस्: मन्त्री बडू

इकागज | कात्तिक २६, २०७८

काठमाडौँ- कानुनमन्त्री दिलेन्द्र प्रसाद बडूले न्यायालयभित्र देखिएको समस्या न्यायालय आफैले समाधान गर्नु...

कार्यपालिकाले न्यायपालिकामा हस्तक्षेप गर्दैन, सरोकारवालाले नै निकास निकालुन्: प्रधानमन्त्री

इकागज | कात्तिक २६, २०७८

काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवाले न्यायालयमा भइरहेको विवादको समाधान सम्बन्धित निकायल...

अबको हप्तादिन भित्र वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या समाधान हुन्छः मन्त्री खतिवडा

इकागज | कात्तिक २६, २०७८

काठमाडौँ - वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भएको अनियमितताको बारेमा छानबिन गर्न बने...

सत्य विवरण दिएर मूल गणनामा सहयोग गर्नूस् : प्रधानमन्त्री देउवा

इकागज | कात्तिक २५, २०७८

काठमाडौँ- नेपालमा राष्ट्रिय जनगणनाको मूल गणना आजबाट सुरु हुँदैछ । बिहीबार बिहान ९ बजेपछि राष्ट्रपति व...

नयाँ वर्षमा काठमाडौँवासीलाई मेलम्चीको पानी उपहारः मन्त्री चौधरी

इकागज | कात्तिक २४, २०७८

काठमाडौँ - खानेपानी मन्त्री उमाकान्त चौधरीले नयाँ वर्षमा काठमाडौँवासीलाई मेलम्चीको पानी उपहार दिने बता...

शेरबहादुर र रामचन्द्रबीच गठबन्धन बन्नुपर्छ, फेरि सभापति जित्ने देउवा नै हो: मन्त्री रेग्मी

इकागज | कात्तिक २४, २०७८

काठमाडौँ - महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री एवं कांग्रेस नेतृ उमा रेग्मीले शेरबहादुर देउवा फे...