सरकार

विविधताभित्रका एकता र सामाजिक सद्‌भाव हाम्रा सांस्कृतिक : प्रधानमन्त्री देउवा

इकागज | कात्तिक २४, २०७८

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले धार्मिक र सांस्कृतिक महत्वका साथ उदाउँदो र अस्ताउँदो सूर्यलाई अघ्र्य दिई मनाइने छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपालीमा सुख, शान्ति, सु–स्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गरेका छन् ।

छठ पर्वका अवसरमा उनले शुभकामना सन्देश दिँदै विविधताभित्र एकता र सामाजिक सद्भाव हाम्रा सांस्कृतिक अभ्यासका उदाहरण भएको उल्लेख गरेका छन् । साथै उनले यही सद्भाव र एकतालाई प्रवर्द्धन गर्ने उदाहरणीय पर्वमध्येको छठ पर्व पनि एक भएको बताउँदै यस पर्वले समस्त नेपालीबीच आपसी सम्बन्ध अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरेका छन् ।

विगतमा विशेष गरी तराई क्षेत्रमा मनाइने छठ पर्व हाल नेपालको एक विशिष्ट पहिचानसहितको साझा पर्वको रुपमा नेपालभर विस्तार भएको छ । हाम्रा  संस्कृति र संस्कारमा आ–आफ्ना विशिष्ट पहिचानका विशेषता रहेको प्रधानमन्त्री देउवाले उल्लेख गरेका छन् ।

कोभिड–१९ नियन्त्रणका लागि अवलम्वन गरेका नीतिहरू प्रभावकारी देखिए पनि कोभिड–१९ को जोखिम कायमै रहेकाले जनस्वास्थ्यका मापदण्डको पालना गर्दै यो पर्व हर्षोल्लासपूर्वक मनाउन आग्रह गर्दै प्रधानमन्त्री देउवाले यस पर्वले पारस्परिक सद्भाव र सहिष्णुताको भावनालाई अझ प्रगाढ र सुदृढ बनाउन प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन् । 

भूमि आयोगका अध्यक्षलाई गृहमन्त्रीले भने– नतिजा आउनेगरी काम गर्नूस्

इकागज | कात्तिक २३, २०७८

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रिय भूमि आयोगले हालसम्म गरेका काम कारबाहीबारे जानकारी लिएका ...

लुम्बिनी प्रदेशका मन्त्रीसहितको टोली र गृहमन्त्री खाणबीच भेट

इकागज | कात्तिक २३, २०७८

काठमाडौँ – लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा सहकारीमन्त्री कृष्णध्वज खड्कासहित सरकारी पदाधिकारीले...

मैथिली विकास आयोग गठन गर्न ठोस कदम चालिने: गृहमन्त्री खाण

इकागज | कात्तिक २३, २०७८

जनकपुरधाम- गृहमन्त्री बालकृष्ण खाणले मैथिली विकास आयोग गठनका लागि वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाल...

तत्कालै ऐन ल्याएर नागरिकता समस्या समाधान गर्छौँ : गृहमन्त्री खाण

इकागज | कात्तिक २२, २०७८

जनकपुरधाम - गृहमन्त्री बालकृष्ण खाणले ऐन ल्याएर नागरिकता समस्या तत्कालै समाधान गर्ने प्रतिबद्धता जनाएका छन्...

स्वास्थ्य मापदण्ड पालना गरेर खुशीयालीका साथ तिहार मनाउनुस् : प्रधानमन्त्री देउवा

इकागज | कात्तिक २०, २०७८

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले अझै पनि कोभिड-१९को जोखिम कायमै रहेको र सबै नागरिकलाई पूर्ण ...

स्वास्थ्यमन्त्री खतिवडाको तिहारः कान्छी बहिनीको घरमा गएर टीका लगाउने

इकागज | कात्तिक १९, २०७८

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले तिहारमा चेलीबेटीले कोशेलीस्वरूप दिने सेलरोटी दिन...

महाधिवेशन समयमै गर्ने जिम्मा मेरो हैन निर्वाचन समितिको हातमा छ : प्रधानमन्त्री देउवा

इकागज | कात्तिक १९, २०७८

काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशन आफ्नो हातमा नभएकाले निर्वाचन स...

चन्द्रागिरी चित्लाङको ढुंगा व्यापार रोक्छौं : अर्थमन्त्री

इकागज | कात्तिक १९, २०७८

काठमाडौं - अर्थमन्त्री जनार्दन शर्माले गणेशमान सिंह सडक मार्गअन्तर्गत चन्द्रागिरी–चित्लाङ खण्डमा भइरहेक...