सरकार

मोहन वैद्यलाई भेट्न नर्भिक पुगे उपराष्ट्रपति

इकागज | कात्तिक २, २०७८

काठमाडौं - नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यलाई भेट्न उपराष्ट्रपति नन्दकिशोर पुन थापाथलीस्थित नर्भिक अस्पताल पुगेका छन् । दमको समस्या बढेर आइतबारदेखि नर्भिक अस्पतालमा उपचाररत आफ्ना राजनीतिक गुरु वैद्यलाई भेट्न उपराष्ट्रपति पुन बिहान ८ः३० बजे नर्भिक अस्पताल पुगेका हुन् ।

उनले नेता वैद्यसँग स्वास्थ्य अवस्थाको विषयमा जानकारी लिएका थिए । नर्भिक अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले नेता वैद्यको स्वास्थ्य अवस्थाको विषयमा उपराष्ट्रपतिलाई जानकारी गराएका थिए । 

सो क्रममा उपराष्ट्रपति पुनले नेता वैद्यको शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए । उनी नर्भिक अस्पतालमा करिब १० मिनेट बसेका थिए । उपराष्ट्रपति निस्किएपछि गृहमन्त्री बालकृष्ण खाँण समेत नेता वैद्यलाई भेट्न नर्भिक पुगेका थिए ।

महासचिव वैद्यको स्वास्थ्यावस्था बुझ्‍न नर्भिक पुगे गृहमन्‍त्री

इकागज | कात्तिक २, २०७८

काठमाडौँ - गृहमन्त्री बालकृष्ण खाँणले नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यको स्वास्थ्यावस्थाबा...

सुदूरपश्‍चिममा बाढी र पहिरोमा फसेकाहरूको हेलिकोप्टरबाट उद्धार गरिँदै

इकागज | कात्तिक २, २०७८

काठमाडौँ - लगातार परेको ठूलो वर्षात्‍का कारण सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा आएको बाढी र...

गृहजिल्लामा स्वास्थ्यमन्त्री खतिवडालाई भ्याई नभ्याई, एकैदिन सात कार्यक्रममा सहभागी

इकागज | असोज २६, २०७८

मकवानपुर - स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडालाई सोमबार गृहजिल्ला मकवानपुरको विभिन्न कार्यक्र...