सरकार

आफैंले सिफरिस गरेको विभुषण नलिने गृहसचिव पाण्डेको घोषणा

इकागज | असोज २, २०७८

काठमाडौँ – सरकारले संविधान दिवसका अवसरमा प्रदान गर्ने विभुषण गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेले नलिने घोषणा गरेका छन् । विभुषण दिइने व्यक्तिको छनोट मण्डलमा रहेका उनले आफूले सो विभुषण नलिन उचित ठानेको बताएका छन् ।
   
यसअघिका रेकर्ड तोड्दै यसपटक गृहसचिव पाण्डेले विभुषण नलिने भएका हुन् । ‘विभुषणको महत्व उच्च छ, विभुषणप्रति मेरो सम्मान छ । तर, आफैंले सिफारिस गर्ने विभुषण आफैंले नलिने भएको हुँ,’ गृहसचिव पाण्डेको भनाइ उधृत गर्दै गृह मन्त्रालय स्रोतले इकागजलाई जानकारी दियो । सरकारले हरेकवर्ष संविधान दिवसका अवसरमा राष्ट्रिय हितमा योगदान गरेका विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वलाई विभुषणबाट सम्मान गर्दै आएको छ ।

जिम्मेवारी नपाएका परराष्ट्रका सहसचिव राजदूतको कोठा रुँग्दै

काठमाडौँ - परराष्ट्र मन्त्रालयमा यतिबेला तीन सहसचिव महाशाखा नपाएर करिडोरमा ओहोर–दोहोर गरिरहेका ...

सत्तारुढ दलको बैठकलगत्तै प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्‌ बैठक

इकागज | भदौ २५, २०७८

काठमाडौँ- सत्तारुढ दलको शीर्ष नेताहरूको बैठक सकिएलगत्तै मन्त्रिपरिषद्‌ बैठक बस्‍दैछ । प्रधानमन्त्र...